‘चिकित्सा शिक्षाको विकासमा सिपिएसपीको भूमिका महत्वपूर्ण’ « Khabarhub

‘चिकित्सा शिक्षाको विकासमा सिपिएसपीको भूमिका महत्वपूर्ण’


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले नेपालमा चिकित्सा शिक्षा र विशेषज्ञ स्वास्थ्य सेवा विकासमा कलेज अफ फिजिसियन्स एण्ड सर्जन्स पाकिस्तान (सिपिएसपी) ले गरेको योगदान महत्वपूर्ण रहेको बताएका छन् । कलेज अफ फिजिसियन्स एण्ड सर्जन्स पाकिस्तानको ५५औँ दीक्षान्त समारोहमा मन्त्री खापुङले नेपाली चिकित्सक र सिपिएसपीको सुमधुर सम्बन्ध कायम रहेको बताए ।

उनले भने, ‘सिपिएसपीले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सेवा प्रदान गरेको छ, जसले गर्दा विदेश जाँदा हुने खर्च र आवासीय खर्चको बचत भएको छ । सिपिएसपीद्वारा प्रशिक्षित धेरै नेपाली चिकित्सकहरूसँग भेट गर्दा उहाँहरू सकारात्मक रहेको र सिपिएसपी फेलोसिप कार्यक्रमको गुणस्तरीय प्रशिक्षण र परीक्षाको सेवाप्रति प्रशिक्षार्थी सन्तुष्ट रहेको पाएको छु ।’

मन्त्री खापुङले विशेषगरी नेपालमा स्नातकोत्तर चिकित्सा शिक्षालयको प्रवर्द्धनका लागि प्रदान गरिएका सेवाप्रति पाकिस्तानका चिकित्सक र शल्य चिकित्सकलाई आभार प्रकट गर्नुभएको थियो । नेपालमा स्नातकोत्तर मेडिकल तालिम र शिक्षालाई व्यवस्थित बनाउन स्वास्थ्य मन्त्रालयको जिम्मेवारी थपिएको भन्दै उनले यस क्षेत्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

सिपिएसपीका अध्यक्ष प्रोफेसर मुहम्मद सोएब सफीले उच्च चिकित्सा शिक्षाको उत्कृष्टतामा ध्यान दिँदै प्रशिक्षणमार्फत पारदर्शी परीक्षा सञ्चालन गर्दै विश्वमा गुणस्तरीय वैज्ञानिक शिक्षा प्रदान गर्ने बताए । सिपिएसपीलाई विश्वमा अन्तर्राष्ट्रिय तालिम र सल्लाहकार केन्द्रका रूपमा मान्यता दिइने शैक्षिक संस्था बनाउने योजना रहेको जनाएका थिए । देशभित्र र विदेशमा स्नातकोत्तर चिकित्सा शिक्षाको अग्रगामी संरक्षक भएको दाबी गरे ।

दीक्षान्त समारोहमा ४५ नेपाली प्रशिक्षार्थीलगायतको उपस्थित रहेको थिए । जसमा डा दीनुज श्रेष्ठ, डा राजेशबहादुर लाखे र टुके काजी गोल्डमेडलबाट सम्मानित भएका थिए ।

सिपिएसपी कलेज पाकिस्तानी संसद्को एक अधिनियममार्फतबाजिब अली खान बुर्की, तत्कालीन संघीय स्वास्थ्यमन्त्रीको नेतृत्वमा पाकिस्तानमा ५० प्रख्यात चिकित्सकको अथक प्रयासद्वारा सन् १९६२ मा स्थापित भएको हो । सन् १९६५ मा कलेज अफ फिजिसियन्स एण्ड सर्जन्स पाकिस्तानको पुस्तकालय स्थापना भएको थियो । यसको स्थापनादेखि नै नवीनतम् चिकित्सा साहित्यहरू प्राप्त गरेको छ र स्नातकोत्तर चिकित्सा शिक्षालाई समर्थन गर्ने केन्द्रबिन्दुका रूपमा सेवा प्रदान गर्दै आएको शैक्षिक संस्था हो ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ६ : ४७ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको