देउवालाई कार्यकर्ताको पत्र : हामीमाथि सौतेना व्यवहार कहिलेसम्म ? « Khabarhub

देउवालाई कार्यकर्ताको पत्र : हामीमाथि सौतेना व्यवहार कहिलेसम्म ?


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मुगु – पाँच दलीय गठबन्धनमा रहेको नेपाली कांंग्रेसमा निर्वाचन नजिकिँएसँगै असन्तुष्टि बढेको छ । संस्थान पक्ष र संस्थापन ईतरका नेता कार्यकर्ताहरु यति खेर केन्द्रमा रहेका आफ्ना पक्षका शीर्ष नेता माझ भेटघाटमा ब्यस्त रहेका छन् । चुनाव नजिँकिदै जाँदा जिल्लाबाट संघ र प्रदेशमा सिफारिस भएका नेताहरु टिकट पाउन दौडधूपमा रहेका छन् ।

जिल्लाबाट सिफारिस भएकालाई पनि टिकट पाउन सकस छ । किनकी केन्द्रले आफू खुसी निर्णय गर्ने डर उनीहरुलाई छ ।

नेपाली काँग्रेस जुम्लाका उपसभापति कार्मा बुढा आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रदेशसभा क्षेत्र नं क बाट सिफारिस भएका छन् ।

उनलाई प्रदेश निर्वाचन समानुपातिक तर्फको उम्मेदवारमा नेपाली काँग्रेस जिल्ला समिति जुम्लाले सिफारिस गरेको हो । यति बेला सत्तारुट दलका नेताहरु सिट बाँडफाँडमा केन्द्रित रहेका छन् । दलहरुले सिट बाँडफाड गर्दा कतिपय लाई चित्त पनि बुझेको छैन । नेपाली कांग्रेस जुम्लाका उपसभापति तथा प्रदेश क समानुपातिक बाट सिफारिस भएका कार्मा बुढाले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखेका छन् । उपसभापति बुढाले देउवालाई लेखेका छन् बहुमतको दम्भ नदेखाउनु होस् ।

आदणीय शेर बहादुर दाई
जय नेपाल

तपाईलाई दम्भ होला नेपाली काग्रेंस केन्द्रीय कार्य समितिको बहुमत संख्या बिजयी भएकोमा , तर नेपाली काग्रेंस समग्र काग्रेंसी जनको पवित्र मन्दिर हो र तपाईं मुख्य पुजारी …. पुजारीले प्रसाद बाड्दा मेरोलाई बढी र अर्काको लागि कम भन्ने व्यवहार पक्कै पनि गर्नु हुन्न र गर्दा पनि सुहाउँदैन,

पार्टीलाई एक ढिक्का बनाएर लिने जिम्मा तपाईंको हो, अहिले पो गठबन्धन गरौंला , सायद हजुरलाई कति थाहां छ ? काग्रेंस खोजी खोजी…. अरूलाई रोजी रोजी भन्ने दिन नआएको होईनन, सयौं काग्रेंसी जनहरूको रगत काग्रेंस भएकै कारणले बगे, सयौं बालबालिका टुहुरा भए, सयौं आमाहरूको कोख उज्रियो, सयौं आमाहरूको सिन्दुर पुछियो भने हजारौं घरबारविहीन भए हुन त तपाईंलाई के हेक्का होला ।

निर्वाचनमा शत्रु सगं एक्लाएक्लै लड्नु को शान र मान अलग्गै छ, हामी आफ्नै पार्टी भित्र का दाजुभाइ सगं गुटका नाममा सौतेना व्यवहार गर्न तयार छौ तर शत्रु सगं अगांलो मारेर हिडि रहेका छौ ।

यसैलाई राजनीति भनिन्छ ? यसैका लागि महामानव वी।पी कोईराला, सन्त नेता कृष्णप्रसाद भट्टराई, लौहपुरूष गणेशमान सिहं लगायतका हजारौं नेता तथा कार्यकर्ताहरूको रगत र पसिना बगेको हो ? अब हाम्रो पार्ना नै नेपाल कम्युनिस्ट पार्टी समाजवादी काग्रेंस भन्दा के फरक पर्ला कम्युनिस्टहरूको बैशाखी लगाई हिड्नु पर्ने भए अब….।

बैशाखी लगाउनु भन्दा पार्टी भित्र को मनमुटावको अन्त गर्न पार्टी सभापति भएकै कारणले तपाईले अभिभाकत्व लिन जरुरी छ दाई, भाई फुटे गवांर लुटे भन्ने उखान त सुनेकै छौ दाई पार्टी भित्र भाईचाराको सम्बन्ध कायम गर्दै सबैले सबै को अस्तित्व स्विकार गर्न जरुरी छ दाई,

निर्वाचन प्रतिपक्ष सगं लड्ने हो, शेखर दाई सहित सबै नेताको परामर्शमा असल नेताहरूको चयन गर्न जरुरी छ दाई, ससंदमा जाने सदस्यलाई क ख रा सिकाउनु पर्ने पनि त होईन होला नि, सबैको अस्तित्व राख्दै छलफल सहित समानुपातिकको, प्रत्यक्ष उम्मेदवारहरूको नाम ३६४ दिन काग्रेंस हुने ६५ ओै दिनमा हराउनेहरू होईन, हाम्रो होईन राम्रो मान्छे उम्मेदवार चयन गरियोस् भनि अनुरोध गर्न चाहान्छु, कसैले कसैलाई कमजोर नठानियोस् आगोको झिल्को सानो हुन्छ तर शहर तहस नहस पार्न प्रयाप्त हुन्छ, समयमै ध्यानाकर्षण होस् अनुरोध ।।।

जय नेपाल
कार्मा बुढा
उपसभापति जुम्ला

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ९ : ११ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल