म्यादी प्रहरीमा लमजुङका १ हजार ७ सय ८६ जनाको निवेदन | Khabarhub Khabarhub

म्यादी प्रहरीमा लमजुङका १ हजार ७ सय ८६ जनाको निवेदन


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङमा करिव २ हजार जनाले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा चुनावको सुरक्षाका लागि खटाइने म्यादी प्रहरी पदमा जिल्लाका १ हजार ७ सय ८६ जनाको आवेदन परेको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार १ हजार ३ सय ४० जना पुरुष र ४ सय ४६ जना महिलाले आवेदन दिएका छन् । भदौ ३० गतेबाट असोज ६ गतेसम्म आवेदन खुलाइएको थियो ।

लमजुङमा जिल्ला प्रहरी कार्यालय लमजुङ, इलाका प्रहरी कार्यालय भोटेओडार, इलाका प्रहरी कार्यालय भोर्लेटार र प्रहरी चौकी तीनपिप्लेबाट आवेदन संकलन भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक सूचना अधिकारी जगदिश रेग्मीले बताए ।
उनका अनुसार अन्तिम दिन बिहीबार मात्रै २ सय ८० जनाले आवेदन दिएका छन् ।

पुरुष २ सय २० र महिला ६० जनाले आवेदन दिएको प्रहरीले जनाएको छ । म्यादी प्रहरी छनोटमा यसअघिका चुनावमा म्यादी प्रहरीमा छनोट भइ सन्तोषजनक काम गरेकालाई मुख्य प्राथमिकतामा राखिने जनाएको छ ।

असोज ७ गते शुक्रबार सम्पर्क मिति तोकिएको छ । छनोट भएका म्यादी प्रहरीको कार्यअवधि ४० दिनको हुनेछ । प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था गरेको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ९ : ४४ बजे

जेन-जी प्रदर्शनको आडमा बैङ्क लुटपाट सुरु

काठमाडौँ – दुई दिनदेखि जारी जेन-जी प्रदर्शनको आडमा लुटेरा समूहले

झापाका दर्जनभन्दा बढी कार्यालयमा आगजनी र तोडफोड, खोसिएका हतियार सेनालाई बुझाइयो

झापा – जेनजी पुस्ताको आन्दोलनका क्रममा आज झापाका एक दर्जनभन्दा

सुरक्षा कमाण्ड सेनाको हातमा, १० बजेबाट परिचालन

काठमाडौँ – नेपाली सेनाले मुलुकको सम्पूर्ण सुरक्षा कमाण्ड लिँदै आज

सबै आन्दोलन बन्द गरी वार्तामा आउन प्रधान सेनापतिको आग्रह

काठमाडौँ – प्रधान सेनापति अशोकराज सिग्देलले आन्दोलनकारीलाई सम्पूर्ण आन्दोलन बन्द

आफ्ना हेलिकोप्टरले नेता नबोकेको वायुसेवा सञ्चालक सङ्घको भनाइ

काठमाडौँ – वायु सेवा सञ्चालक सङ्घ नेपालले पछिल्लो राजनीतिक सङ्कटमा