नेपाल भ्रमण दशक मनाउने सरकारको निर्णय « Khabarhub

नेपाल भ्रमण दशक मनाउने सरकारको निर्णय


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- सरकारले पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयका सचिव सुरेश अधिकारीले कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन पुनरुत्थान गर्दै यस क्षेत्रलाई चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने निर्णय भएको जानकारी दिए ।

होटल सङ्घ नेपाल (हान) ले आयोजना गरेको आतिथ्यता सम्मेलन ‘नेपाल हस्पिटालिटी कन्क्लेभ–२०२२’ का अवसरमार उनले शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठक सन् २०२३ देखि २०३३ लाई भ्रमण दशकको रूपमा मनाउने निर्णय गरेको बताए। यसअघि सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । तथापि, कोभिड महाकारीका कारण भ्रमण वर्ष स्थागित भएको थियो । कोभिडपछि विस्तारै मुलुकको पर्यटन क्षेत्र गतिशील बन्दै गएको छ ।

पर्यटन क्षेत्रको चाडो पुनरुत्थान गर्ने लक्ष्यका साथ सरकारले भ्रमण दशक घोषणा गरेको हो । कोभिडले सबैभन्दा बढी प्रभावित बनेको पर्यटन उद्योगको प्रवद्र्धनका लागि निजी क्षेत्रसँग समन्वय र सहकार्य गरी भ्रमण दशकको रुपमा मनाएर विदेशी पर्यटक आवागमनमा बढोत्तरी गर्ने सरकारको उद्देश्य गरेको छ ।

पर्यटन मन्त्रालयले सार्वजनिक गरेको पर्यटन पुनरुत्थान कार्ययोजनामा भ्रमण दशक मनाउने उल्लेख छ । तथापि, भ्रमण दशकमा के कस्ता कार्यक्रम गरिने भन्ने अहिले खुलाइएको छैन । कोभिडपूर्व अर्थात् सन् २०१८ र सन् २०१९ मा समान १२ लाख हाराहारी विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२१ मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डको विवरण छ ।

कोभिड–१९ पछि पर्यटन उत्थान कार्यक्रम सार्वजनिक गरेको मन्त्रालयले यसअघि नै भ्रमण दशक मनाउने उद्घोष गरिसकेको थियो । सोही योजना मुताविक सरकारले भ्रमण दशक मनाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  १० : ३८ बजे

शुक्लफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन समिति गठन

काठमाडौं– शुक्लफाँटा राष्ट्रिय निकुञ्जका कारण  विस्थापित परिवारको समस्या सम्बोधन गरिने भएको

बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी

काठमाडौं– सरकारले बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ

नेपाल-कोरिया पर्यटन प्रवर्द्धन समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं– एजट्रेक डिजिटल सेफ्टी सिस्टमको प्रयोग गरी कृतिम बुद्धिमत्ता (एआई) मा

सवारीसाधनको ठक्करबाट युवकको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–८ खरकट्टा जङ्गलस्थित

काउलीमा भेटियो अत्यधिक मात्रामा विषादी

काठमाडौं– कालीमाटी तरकारी बजारको काउलीमा अत्यधिक मात्रामा विषादी भेटिएको छ