अफगानिस्तानको पाठ्यक्रम मुस्लिम कानुन अनुसार पुनरावलोकन गरिने | Khabarhub Khabarhub

अफगानिस्तानको पाठ्यक्रम मुस्लिम कानुन अनुसार पुनरावलोकन गरिने


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काबुल – अफगानिस्तानको पाठ्यक्रमलाई मुस्लिम कानुन अनुसार परिमार्जन गरिने भएको छ । अफगानिस्तानमा तालिवान सरकार गठन भएपछि मुस्लिम कानुनलाई प्राथमिकता दिदै आएकाले पाठ्यक्रम पनि त्यही अनुसार परिमार्जन गर्न लागिएको हो ।

पाठ्यक्रम परिमार्जन गर्दा मुस्लिम संस्कृति, परम्परा, मूल्य मान्यतालाई सकेसम्म धेरै समेट्ने र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बनाउने उनीहरूको भनाई छ ।

तालिवान सरकारको उच्च शिक्षा मन्त्रालयका प्रवक्ता अहमद ताक्विले ३५ ओटा पाठ्यक्रम परिमार्जनको अन्तिम चरणमा पुगेको जानकारी दिए। अरु केही पाठ्यक्रम परिमार्जनको गृहकार्य भइरहेको उनले बताए ।

परिमार्जनको अन्तिम चरणमा रहेका ३५ मध्ये २० ओटा स्नातक तहका र १५ ओटा स्नातकोत्तर तहका रहेका छन् ।

अफगानिस्तानमा अहिले १६५ ओटा फरक फरक शैक्षिक पाठ्यक्रम देशभरी लागू अवस्थामा रहेको पनि उनले जानकारी दिए ।

अफगानिस्तानमा तालिवान सरकार गठन भएपछि छात्रालाई विद्यालयमा पठन पाठनका लागि प्रतिवन्ध लगाइएको छ । उनीहरूलाई रोजगारी गर्न समेत निषेध गरिएको छ ।

त्यसैगरी महिलाहरूलाई घर बाहिर जानु परेमा बुर्का लगाएर र कम्तीमा एक जना आफन्तलाई सँगै लिएर मात्रै जान आदेश दिइएको छ ।

छात्रालाई पठन पाठन गर्न नदिने र रोजगारी गर्न नपाउने आदेशका विरुद्ध निरन्तर आन्दोलन भइरहेपनि सरकारले वेवास्ता गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय समुदायबाट समेत यस बारेमा दवाव आउँदा छात्रालाई पढ्न र रोजगारी गर्न पाउने व्यवस्था गरिने आश्वासन तालिवान सरकारले दिने गरेपनि व्यवहारमा अस्वीकार गर्दै आएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ११ : ०१ बजे

चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सातवटा पुल बगाउँदा डेढ करोड बढीको क्षति

मुस्ताङ– उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पु¥याएको क्षतिको प्रारम्भिक विवरण संकलन

ट्रम्पले हतियार पठाउने निर्णय गरेपछि युक्रेनमा रुसको आक्रमण

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले अहिलेसम्मकै खराब हवाई

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय