मकैबाट मनग्य आम्दानी « Khabarhub

मकैबाट मनग्य आम्दानी


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

बलेवा– बागलुङको बडिगाड–१ की जमुना श्रीषले १० रोपनी बारीमा उन्नत जातको मकै लाउने गर्छन्। उनको यस वर्ष घरमा खान पुगेर दुइचार क्विन्टल जोगाउने योजना  छ । यहाँकै गनबहादुर सुनारले चार हलको मेलोमा मकै लगाउन थालेको बताए । मनकामना जातको मकैबाट यो वर्ष खान पुगेर तीनचार मुरी संकलन केन्द्रमा पठाउने लक्ष्य उनले बताएका छन् । दगातुम्डाँडा कृषि सहकारी संस्थामार्फत किसानलाई उन्नत बीउ वितरण भएको थियो । उक्त बीउबाट उत्पादित मकै सहकारीमार्फत बेचेर किसानलाई आम्दानी दिने योजना सहकारीका अध्यक्ष भीमसेन वनले जानकारी दिए ।

यसरी जोगाएको मकै गाउँमा बनेको भण्डारण केन्द्रमा संकलन गर्न थालिएको छ । भण्डारण केन्द्रमा राखेर बजार पठाउने गरी यो वर्ष यहाँ भवन बनेको छ । मकै बजारमा बीउको रुपमा बिक्री गर्ने लक्ष्यले भवन निर्माण बनाइएको हो । किसानले नगदै संकलन गरेर  छ लाख पुर्‍याएपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ३० लाख लगानी गरेको हो । स्थानीयले खोजेको दुई रोपनी दुई आना जमिनमा परियोजनाको ३० लाख बजेट विनियोजन भएपछि भन्डारा केन्द्र बनाइएको वनले बताए । उक्त भण्डारण केन्द्रमा २२ टन मकैको बीउ सुरक्षित गर्न सकिने व्यवस्था छ । दगातुम्डाँडा कृषि सहकारी संस्थाका दुई सय बढी किसानले व्यावसायिकरुपमा मकैखेती गर्दै आएका छन् ।

सामूहिक भण्डारण गर्ने, बीउ लगाउने र बेच्ने योजनासमेत बनाएपछि भवन ठडिएको सहकारीका सदस्य रेमबहादुर भुजेलले बताए । ‘भवन आधुनिक र मुसाबाट बचाउने गरी बनेको छ, त्यसैले यो वर्ष मकै जोगिने भयो’, भुजेलले भने, ‘अर्को वर्ष दोब्बर उत्पादनसमेत गर्ने योजना छ ।’ किसानले मनकामना तीन जातको मकै लगाएको उनले बताए । 

यो वडा समुद्री सतहदेखि एक हजार दुई सयदेखि दुई हजार मिटरसम्मको उचाइमा छ । त्यसैले मकैको उत्पादन अत्यधिक हुने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताएका छन् । भवनसँगै यहाँ कृषिउपज बिक्री केन्द्र पनि बनाइएको छ । गाउँपालिका, ज्ञानकेन्द्र र स्थानीयको श्रमदानसमेत गरी १५ लाखको लागतमा बिक्री केन्द्र बनेको हो । यो केन्द्रबाट स्थानीयरुपमा बिक्री गर्ने र धेरै उत्पादन हुँदा अर्डरअनुसार ढुवानी गरेर पठाउने योजना वनले सुनाए। 

उत्पादन बढाउन यो वर्षदेखि यहाँका किसानले देउती र शीतला जातको मकै पनि ल्याएका छन् । दगा, तुम्डाँडा, गहते, सिमलचौरलगायतका बस्तीमा पनि मकै खेती विस्तार गरिएको छ । गत वर्ष गलकोट नगरपालिकाले खरिद गर्न विनियोजन गरेको बजेट बीउ नपाएर फ्रिज भएपछि यहाँका किसानले मकै संरक्षण थालेका हुन् । 

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  १० : २५ बजे

परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको

पशुपतिनाथमा ३२५ भक्तजनले गरे रसिद काटी विशेष पूजा

काठमाडौं– पशुपतीनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, २४ घण्टाभित्र लिखित जवाफ माग

काठमाडौं– सर्वोच्च अदालतले दुर्गा प्रसाद प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत

चल्ला बोकेर माइतीघरमा उत्रिए पोल्ट्री व्यवसायी

काठमाडौं– भारतीय कुखुराको तस्करी रोक्नुपर्ने, बिचौलियाको चलखेल नियन्त्रण गर्नुपर्ने तथा नेपाली