‘अबको ध्यान गरिबी निवारण र रोजगारी सृजनातर्फ’ « Khabarhub

‘अबको ध्यान गरिबी निवारण र रोजगारी सृजनातर्फ’


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

इनरुवा– सञ्चार तथा सूचना प्रविधि र कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब देशमा रहेको गरिबी निवारण तथा बेरोजगारी समस्यालाई न्यूनीकरण गर्ने अभियानमा लाग्ने बताएका छन् । 

सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित चक्रघट्टि जेसीजले आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले सो कुरा बताएका हुन् । उनले सुनसरी–४ का साथै देशको समग्र विकास, जनताको आर्थिक समृद्धि, रोजगारी सृजनाका लागि योजना बनाएर अगाडि बढ्नेमा जोड दिए । 

नेपाली कांग्रेससहित लोकतान्त्रीक बाम गठबन्धनको तर्फबाट प्रतिनीधिसभा सुनसरी–४ का उमेदवारसमेत रहेका मन्त्री कार्कीले २०७४ सालको निर्वाचनमा आफूले जनता सामु गरेको प्रतिबद्धता धेरैजसो पूरा गरेको जानकारी दिए । यस क्षेत्रको शिक्षा, स्वास्थ्य, विद्युत, भौतिक निर्माणकार्य पाँच वर्षमा गरेको बनाउँदै अब गरिबी निवारण र रोजगारी सृजनालाई प्राथमिकता दिने उल्लेख गरे ।

देशको विकासका लागि पर्यटन, ऊर्जा, उद्योग, कृषिसहित सूचना प्रविधिको समेत महत्वपूर्ण भूमिका हुने भएकाले यससँगै अरु कामलाई अगाडि बढाउने प्रतिवद्धता उनले व्यक्त गरे। उनले यस क्षेत्रमा रहेका सम्पूर्ण सामुदायिक विद्यालयमा सूचना प्रविधिको र पेपरलेस प्रविधिकार्य आफ्नै पहलमा हुन लागेको जानकारी दिए । 

चक्रपट्टि जेसीजले गत साता आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत तनाव व्यवस्थापनका लागि योगाभ्यास, साइबर क्राइम विरुद्ध अन्तरक्रिया, नेतृत्व र व्यक्तित्व विकासका लागि जेसिज विषयक अन्तरक्रिया, मैत्रीपूर्ण फुटबल र शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको मूल आयोजक समितिका कार्यक्रम संयोजक तेजबहादुर पुरीले बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  १२ : ०८ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी