महोत्तरीमा राजन ढुंगानाको उम्मेदवारी निष्क्रिय « Khabarhub

महोत्तरीमा राजन ढुंगानाको उम्मेदवारी निष्क्रिय


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरी १ मा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका राजन ढुंगानाले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको बताएका छन । पार्टीको आग्रह आत्मसात गर्दै उम्मेदवारी निष्क्रिय बनाएको उनको भनाइ छ ।

ढुंगानाको उम्मेदवारी निष्क्रियताले हामी निक्कै खुसी भएका छौंं,’ माओवादी पोलिटब्युरो सदस्य तथा महोत्तरीका इन्चार्ज राजु खड्काले भने । यो क्षेत्रमा गठबन्धनबाट माओवादी नेता गिरिराजमणि पोखरेल उम्मेदवार छन् । तर, कांग्रेसबाट विद्रोह गरेर पोषण थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । ‘नेतृत्व रक्षा र निर्वाचन क्षेत्रको विकासमा समेत आफ्नो उम्मेदवारीले आघात पुग्ने विषयलाई मध्यनजर गर्दै उम्मेदवारी निष्क्रिय बनाएको हो,’ खड्काले भने ।

महोत्तरी १ (क) मा गठबन्धनबाटै दुईजनाको उम्मेदवारी परेको छ । यो क्षेत्रमा गठबन्धनका एकीकृत समाजवादीबा सुरेश राउत र लोसपाबाट पिताम्बर महतो चुनावी प्रतिस्पर्धामा छन् । दुवै उम्मेदवारले आफूहरू गठबन्धनको साझा उम्मेदवार दाबी गरेका छन् । तर, गठबन्धनले भने आधिकारिक उम्मेदवार को हो भनेर निर्णय गरिसकेको छैन । लोसपा वरिष्ठ नेता शरतसिंह भण्डारीले भनेर नै आफूले उम्मेदवारी दर्ता गराएको महतोको दाबी छ । 

निर्णयानुसार महोत्तरी १ ‘क’ मा कांग्रेस र ‘ख’ मा माओवादीले पाउने तय भएको थियो । तर, लोसपाको उम्मेदवार नै साझा उम्मेदवार भएको बताउँदै एकाएक महतोले टिकट पाएको हल्ला चलेपछि एकीकृत समाजवादीका राउतले पनि मनोनयन दर्ता गराएका थिए ।

गठबन्धनको साझा उम्मेदवार टुंग्याउन कार्यदल गठन भएको छ । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य दिपबहादुर योञ्जनको संयोजकत्वमा १४ जनाको कार्यदल गठन भएको हो । प्रत्येक दलबाट तीन तीनजना सदस्य रहने गरी कार्यदल गठन भएको संयोजक योञ्जनले जानकारी दिए । कार्यदलले निर्वाचनसम्बन्धी कार्ययोजना समेत बनाउनेछ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  १२ : २४ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी