उत्तर कोरियाली सर्वोच्च नेता किमद्वारा चिनियाँ राष्ट्रपति सीलाई बधाई « Khabarhub

उत्तर कोरियाली सर्वोच्च नेता किमद्वारा चिनियाँ राष्ट्रपति सीलाई बधाई


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई तेस्रो कार्यकालका लागि चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव एवम् मुलुकको राष्ट्रपतिमा चयन भएकोमा बधाई दिएका छन् । उत्तर कोरियाको सरकार सञ्चालित केसीएनए समाचार संस्थाले सर्वोच्च नेता किमले सीलाई बधाई दिएको जनाएको छ ।

उनले बधाई पत्रमा सीको नेतृत्वमा दुई मुलुकबीचको सम्बन्ध अझ सुन्दर हुने र समयको मागअनुसार दुई मुलुकमा समाजवादी अभ्यासलाई अझ मजबुत रुपमा अघि बढाउने विश्वास लिएको उल्लेख गरेको जनाइएको छ ।

‘चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशनबाट चिनियाँ पार्टी र जनताले महत्वपूर्ण कोसेढुङ्गा पार गरेका छन् र नयाँ युगमा चिनियाँ चरित्रसहितको समाजवादी विचारको झण्डामुनी चिनियाँ राष्ट्रलाई अझ समृद्ध बनाउने ऐतहासिक प्रक्रियालाई अझ सुदृढ गरेको छ ।’ पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ३ : ५३ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण