उपसनासँग आर्यन ‘डिसेम्बर फल्स’ खेल्दै « Khabarhub

उपसनासँग आर्यन ‘डिसेम्बर फल्स’ खेल्दै


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासनासिंह ठकुरी पहिलोपटक एउटै फिल्ममा देखिँदै छन् । दुवै अभिनीत प्रेम कथानक फिल्म ‘डिसेम्बर फल्स’ ३० डिसेम्बर (१५ पुस) मा देशव्यापी प्रदर्शन हुने छ । निर्माता रामप्रसाद रिजालको पाँचौ फिल्म ‘डिसेम्बर फल्स’ को शुक्रबार दुई प्रकारका पोस्टरसँगै प्रदर्शन मिति खुलाइएको हो । सार्वजनिक एउटा पोस्टरमा अभिनेता आर्यन र अर्कोमा अभिनेत्री उपासना एकल रुपमा प्रस्तुत भएका छन् । आर्यन ‘एक्शन–रियाक्सन’ मा देखिएका छन् भने उपासना घाइते अवस्थामा तनावग्रस्त देखिन्छिन् । दुवै पोस्टरले अहिले चर्चा पाइरहेका छन् । 

अभिनेता आर्यन केही समयको अन्तरालपछि ‘डिसेम्बर फल्स’ मार्फत पर्दामा छाउँदैछन् भने उपासना पछिल्लो समयकी सफल अभिनेत्री हुन् । उनी अभिनीत अहिलेसम्मका सबै फिल्म सुपरहिट भएका छन् । भारतीय फिल्म उद्योगमा कार्यरत व्यस्त निर्देशक प्रवीण झाद्वारा निर्देशित फिल्ममा आर्यन, उपासना, सुमन थापा रोहित, नरेश भट्टराईका साथमा सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणालगायतका कलाकारको अभिनय छ । रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको प्रस्तुतकर्ता रामप्रसाद र कार्यकारी निर्माता लक्ष्मण रिजाल छन् ।

रामप्रसाद रिजाल र राजकुमार भट्ट निर्माता रहेको फिल्मलाई भारतीय छायाँकार महेश आर गुप्ताले खिचेका हुन् । बिपीका खनालको कथा, केदार भुसाल र प्रतीक पौडेलको पटकथा/संवाद रहेको फिल्मको सम्पादन बनिष शाहले गरेका छन् ।

दीपक शर्मा, कोसिस क्षेत्री, सुशान्त गौतम र प्रतीक पौडेलको संगीत, कविराज गहतराज, रामजी लामिछाने, शिशिर खाती र प्रवीण सिंहको कोरियाग्राफी तथा श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्मलाई श्रीराम बालाजी फिल्मस्का सुनिल मानन्धरले वितरण गर्दैछन् । 

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ४ : ०२ बजे

एक महिनापछि चल्यो च्याममा फोरजी सेवा

हुम्ला– नेपाल टेलिकमको अवरुद्ध फोरजी सेवा सञ्चालनमा आएको छ ।

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि