चुनाव गठबन्धनले जित्छ : शिक्षामन्त्री पौडेल « Khabarhub

चुनाव गठबन्धनले जित्छ : शिक्षामन्त्री पौडेल


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बागलुङ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आसन्न सङ्घ र प्रदेशको चुनाव पाँच दलीय गठबन्धनले जित्ने दाबी गरेका छन् । निसीखोला गाउँपालिका–४ को चुनावी सम्पर्क कार्यालय उद्घाटनमा उनले मङ्सिर ४ पछि सङ्घ र प्रदेशमा गठबन्धनको सरकार बन्ने बताए।

तीनै तहमा बन्ने गठबन्धन सरकारले मुलुकको विद्यमान अर्थ प्रणाली सुधार्ने र विकास, निर्माणका नयाँ अभियान शुरु गर्ने मन्त्री पौडेलले उल्लेख गरे। उनले संविधानको प्रस्तावनामा उल्लेख भएअनुसार समाजवादको लक्ष्यमा अघि बढ्नुपर्ने धारणा राखे ।

‘उत्पीडित, श्रमजीवी वर्गको हित र उत्थानसँगै नागरिकलाई गाँस, बास, कपास, रोजगारीलगायतको ग्यारेन्टी राज्यले दिने समाजवादी प्रणाली अबको लक्ष्य हुनुपर्छ’, मन्त्री पौडेलले भने । बागलुङ–२ बाट उम्मेदवार बनेका मन्त्री पौडेलले संविधानको रक्षाका लागि गठबन्धन बनेको धारणा राखे। उनले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त भएको राजनीतिक प्रणाली गुम्ने खतरा पैदा भएपछि दलहरूबीच गठबन्धन बनेको स्पष्ट पारे ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ८ : ०९ बजे

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति