सल्यानको प्रदेशसभा १ मा माओवादी र २ मा कांग्रेस विजयी « Khabarhub

सल्यानको प्रदेशसभा १ मा माओवादी र २ मा कांग्रेस विजयी


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सल्यान – एक मात्र निर्वाचन क्षेत्र रहेको सल्यानमा प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेदवार विजयी भएका छन्।

१ मा नेकपा (माओवादी केन्द्र)का भीमप्रकाश शर्माले २२ हजार दुई सय ४३ मत ल्याएर विजय भए । उनले आठ हजार १८ को मतान्तरले जितेका हुन्। शर्माका प्रतिस्पर्धी नेकपा (एमाले)का कुलबहादुर गिरीले १४ हजार दुई सय २५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जानकारी दिएको छ ।

त्यस्तै, प्रदेश २ मा नेपाली कांग्रेसका सुरेश अधिकारीले २० हजार चार सय आठ मत ल्याएर विजयी भए । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका गुलाबजङ्ग शाहलाई तीन हजार सात सय ९० मतको फरक पार्दै जित हासिल गरे । शाहले १६ हजार छ सय १८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सल्यान प्रदेश १ मा ४१ हजार एक सय ७६ मत खसेकोमा ३८ हजार आठ सय २८ र प्रदेश २ मा ४१ हजार नौ सय ६७ मत खसेकोमा ४० हजार ६९ मत मत सदर भएको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ८ : ४३ बजे

नौ वर्षपछि गोरखापत्र संस्थानमा नयाँ कर्मचारी भर्ना खुला

काठमाडौं– सरकारी स्वामित्वको गोरखापत्र संस्थाले नौ वर्ष पछि नयाँ भर्ना

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको

बेनिशाको प्रिमियर लुक्स

काठमाडौं – ‘द ब्लु लाइट’ फिल्मको प्रिमियरमा आफ्नो आउटफिटका कारण

खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील

खोटाङ– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका

यूजीसीका नयाँ नियममाथि सर्वोच्च अदालतको रोक

काठमाडौं– भारतको सर्वोच्च अदालतले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले उच्च