यूजीसीका नयाँ नियममाथि सर्वोच्च अदालतको रोक « Khabarhub

यूजीसीका नयाँ नियममाथि सर्वोच्च अदालतको रोक


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको सर्वोच्च अदालतले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले उच्च शिक्षण संस्थानमा समानता कायम गर्ने उद्देश्यले जारी गरेका नयाँ नियमहरू तत्कालका लागि स्थगित गरेको छ।

मुख्य न्यायाधीश सूर्यकान्त र न्यायाधीश जॉयमाल्या बागचीको इजलासले ती नियमहरूले गम्भीर प्रश्न उठाएको भन्दै केन्द्र सरकार र यूजीसीलाई नोटिस जारी गरेको हो। अदालतले यी नियमहरू लागू भए ‘दूरगामी असर’ पर्न सक्ने र समाज विभाजित हुन सक्ने चेतावनी पनि दिएको छ।

१३ जनवरी २०२६ मा जारी गरिएका यी नियमहरूलाई चुनौती दिँदै दायर तीन वटा रिटमाथि सुनुवाइ गर्दै अदालतले ‘२०२६ का रेग्युलेसन स्थगित रहने’ आदेश दिएको हो। पछिल्ला हप्ताहरूमा यी नियमहरूको देशका विभिन्न स्थान र विश्वविद्यालयमा विरोध हुँदै आएको थियो।

अदालतले प्रारम्भिक रूपमा केही प्रावधान अस्पष्ट रहेको र दुरुपयोगको सम्भावना नकार्न नसकिने उल्लेख गरेको छ। यो मुद्दा अब १९ मार्चमा तीन न्यायाधीशको पूर्ण इजलासमा सुनुवाइका लागि पेश हुने छ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  १० : ४५ बजे

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा