म्याग्दीमा प्रतिनिधिसभा सदस्यसहित कांग्रेस र माओवादीले जित्यो « Khabarhub

म्याग्दीमा प्रतिनिधिसभा सदस्यसहित कांग्रेस र माओवादीले जित्यो


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

पोखरा – म्याग्दीका तीनै सीट सत्ता गठबन्धनले जितेको छ । प्रतिनिधि सभा सदस्यमा कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) तथा प्रदेश सभामा माओवादीका रेशम जुग्जाली र हरि भण्डारी विजयी भएका हुन् ।

गर्बुजाले एमालेका हरिकृष्ण श्रेष्ठलाई ३ हजार ८ सय ३२ मत अन्तरले हराए । खम्बिरको २४ हजार २१ मत आउँदा श्रेष्ठको २० हजार १ सय ८९ मत आयो ।

प्रदेश सभा (क) मा माओवादीका भण्डारीले एमालेका देवेन्द्रबहादुर कटुवाललाई हराए । भण्डारीले १२ हजार ७ सय ४० मत ल्याउँदा कटुवालले ११ हजार ७ सय ६५ मत पाए।

प्रदेश सभा (ख) बाट माओवादीकै जुग्जाली निर्वाचित भएका छन् । उनले एमालेका यामबहादुर जुग्जालीलाई १ सय १ मत अन्तरले हराएका हुन् । रेशमको ९ हजार ४ सय ५४ मत आउँदा यामबहादुरको ९ हजार ३ सय ५३ मत आएको छ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ९ : ३४ बजे

चाकु बनाउन व्यस्त छन् ललितपुरका व्यवसायी (तस्बिरहरू)

काठमाडौं– माघे सङ्क्रान्ति पर्व नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा चाकुको माग

समानुपातिकको छिद्रमा नेताको परेड, पुरानै पथमा रवि, बालेन र कुलमान

काठमाडौं – वैकल्पिक पार्टीको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले

प्राथमिक उपचारसम्बन्धी तालिममा राउटे समुदायका युवायुवती सहभागी

कर्णाली– लोपोन्मुख फिरन्ते राउटे समुदाय युवा युवतीहरूलाई प्राथमिक उपचार सम्बन्धी जानकारी

चालु आर्थिक वर्षभित्रै पूर्वपश्चिम राजमार्गका १२ पुल मर्मत गरिँदै

कञ्चनपुर– महाकाली पुल आयोजना कार्यालय महेन्द्रनगरले पूर्वपश्चिम राजमार्गअन्तर्गत सुदूरपश्चिम खण्डमा

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष सञ्चालन

कास्की– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित क्षेत्रीय अस्पतालमा आजदेखि