रूपन्देही-२ को १ बाट पूर्वमन्त्री लिला गिरी विजयी « Khabarhub

रूपन्देही-२ को १ बाट पूर्वमन्त्री लिला गिरी विजयी


८ मंसिर २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

भैरहवा – रूपन्देहीको क्षेत्र नम्बर २ प्रदेश सभा १ बाट नेकपा एमालेका लिला गिरी विजयी भएका छन् । लुम्बिनी प्रदेश सरकारको मन्त्रीको पद सम्हालेका गिरी १७ हजार ६३२ मतसहित विजयी भएका हुन् ।

उनले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घबहादुर केसीलाई २ हजार ७३५ मतले पराजित गरेका हुन् । केसीले १४ हजार ८ सय ९७ मत प्राप्त गरेका छन् ।

६३ हजार ५ सय ३ मतदाता रहेको प्रदेश सभा १ मा २ हजार २ सय ५४ मत बदर भएको छ भने ३८ हजार ५ सय २६ मत सदर भएको छ । विजयी भए पनि औपचारिक घोषणा सबै मतगणना सकिएपछि गरिने निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिएको छ ।

निर्वाचित गिरी लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री दाबेदारको रुपमा चर्चामा रहेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  १० : २५ बजे

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता

विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा

लमजुङ- नेपाली समाजमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको विजयादशमी

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने

नवरात्रको अन्तिम दिनः सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना

काठमाडौँ- शारदीय नवरात्र अथात् दुर्गा पक्षको दशौँ दिन दसैँ घर