सुदूरपश्चिम प्रदेशसभा (१) माओवादीका भट्ट विजयी « Khabarhub

सुदूरपश्चिम प्रदेशसभा (१) माओवादीका भट्ट विजयी


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– डडेल्धुरा प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम इञ्चार्ज खगराज भट्ट विजयी  भएका छन् । वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भट्ट १२ हजार एक सय १२ मत प्राप्त गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनले सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयका पूर्वमन्त्रीसमेत रहेका नेकपा (एमाले) का पठानसिंह बोहरालाई दुई हजार नौ सय १७ मतले पराजित गरेका छन् । बोहराले नौ हजार एक सय ९५ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेदवार महेशसिंह धामीले एक हजार सात सय ५४, राप्रपाका पदमराज जोशीले सात सय ६२ मत प्राप्त गरेका छन् । जम्मा २५ हजार तीन सय ६१ मत खसेकामा एक हजार तीन सय ३६ मत बदर भएको छ ।

भट्ट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका दाबेदार पनि छन्। विभिन्न चुनावीसभालाई सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पनि भट्ट निर्वाचित भए मुख्यमन्त्री बन्ने बताउँदै आएका थिए ।

भट्ट वि.सं. २०६४, २०७० र २०७४ मा संघीय निर्वाचन लडेका थिए । तीनवटै निर्वाचनमा उनी कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवासँग पराजित भएका थिए। यसपटक गठबन्धनका कारण भट्टलाई कांग्रेसको पनि साथ रहेको थियो भने प्रदेशसभा (२) मा स्वतन्त्र उम्मेदवार डा. तारा जोशी अगाडि छन्। उनले गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका गोविन्दराज बोहरालाई पछाडि पारेका छन् । डा जोशीको १० हजार पाँच सय मत आउँदा बोहराको भने नौ हजार आठ सय ८१ मत छ । बोहरा जोशीभन्दा छ सय ६८ मतले पछाडि परेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  १२ : ५५ बजे

स्कटल्यान्डमाथि बङ्गलादेशको फराकिलो जित

कीर्तिपुर– आईसीसी महिला–टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत आज त्रिभुवन

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति

बंगलादेशले भारतबाट खोस्यो ‘विशेष आर्थिक क्षेत्र’, ड्रोन कारखाना बनाउन दियो चीनलाई

ढाका- बंगलादेशले चटगाउँस्थित भारतलाई दिएको स्पेशल इकोनोमिक जोन (सेज) का

प्रधानमन्त्री कार्कीद्वारा शहीद स्मारकमा श्रद्धाञ्जली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले शहीद स्मारक लैनचौरमा पुगेर ज्ञात–अज्ञात सहिदहरूप्रति

लैनचौरमा मनाइयो शहीद दिवस (तस्बिरहरू)

काठमाडौं– देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा स्वरूप