प्रधानमन्त्री कार्कीद्वारा शहीद स्मारकमा श्रद्धाञ्जली « Khabarhub

प्रधानमन्त्री कार्कीद्वारा शहीद स्मारकमा श्रद्धाञ्जली


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले शहीद स्मारक लैनचौरमा पुगेर ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् । 

शुक्रबार शहीद दिवसको अवसरमा प्रधानमन्त्री कार्कीले सहिद स्मारक पुगेर देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन् । 

त्यस्तै प्रधानन्यायाधीश, मन्त्रीगण, काठमाडौं महानगरका कार्यवाहक प्रमुख, सुरक्षा निकायका प्रमुख लगायतले समेत श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसअघि शान्ति बाटिकाबाट सुरु भएको प्रभातफेरी जमल, कान्तिपथ, केशरमहलहुँदै लैनचौर पुगेको थियो ।

शहीदहरूको सम्झनामा हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई शहीद सप्ताहका रुपमा मनाइँदै आएको छ । 

माघ १० अर्थात् पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थान, टेकु मचलीमा, दोस्रो दिन १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिइएको स्थान सिफल उकालोमा र १५ गते विष्णुमती नदी किनारा शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दले सहादत प्राप्त गरेको स्थान रहेका शहीदहरुका सालिकमा पुष्पगुच्छा अर्पण तथा स्मृति सभा गरिएको थियो ।

नेपालमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने चार शहीद-धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीसहित अन्य सहिदहरूको सम्झनामा हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाइने गरिन्छ ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  १२ : ३१ बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ