सुदूरपश्चिम प्रदेशसभा (१) माओवादीका भट्ट विजयी « Khabarhub

सुदूरपश्चिम प्रदेशसभा (१) माओवादीका भट्ट विजयी


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– डडेल्धुरा प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम इञ्चार्ज खगराज भट्ट विजयी  भएका छन् । वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भट्ट १२ हजार एक सय १२ मत प्राप्त गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनले सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयका पूर्वमन्त्रीसमेत रहेका नेकपा (एमाले) का पठानसिंह बोहरालाई दुई हजार नौ सय १७ मतले पराजित गरेका छन् । बोहराले नौ हजार एक सय ९५ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेदवार महेशसिंह धामीले एक हजार सात सय ५४, राप्रपाका पदमराज जोशीले सात सय ६२ मत प्राप्त गरेका छन् । जम्मा २५ हजार तीन सय ६१ मत खसेकामा एक हजार तीन सय ३६ मत बदर भएको छ ।

भट्ट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका दाबेदार पनि छन्। विभिन्न चुनावीसभालाई सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पनि भट्ट निर्वाचित भए मुख्यमन्त्री बन्ने बताउँदै आएका थिए ।

भट्ट वि.सं. २०६४, २०७० र २०७४ मा संघीय निर्वाचन लडेका थिए । तीनवटै निर्वाचनमा उनी कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवासँग पराजित भएका थिए। यसपटक गठबन्धनका कारण भट्टलाई कांग्रेसको पनि साथ रहेको थियो भने प्रदेशसभा (२) मा स्वतन्त्र उम्मेदवार डा. तारा जोशी अगाडि छन्। उनले गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका गोविन्दराज बोहरालाई पछाडि पारेका छन् । डा जोशीको १० हजार पाँच सय मत आउँदा बोहराको भने नौ हजार आठ सय ८१ मत छ । बोहरा जोशीभन्दा छ सय ६८ मतले पछाडि परेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  १२ : ५५ बजे

कांग्रेस महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि गैरप्राथमिक आयोजनाको बजेट कटौती गरिने

हेटौँडा– बागमती प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलाई

अन्तर्राष्ट्रिय साहित्यतर्फको नोबेल पुरस्कार क्यानेडाली कवयित्री एवम् निबन्धकार एन कार्सनलाई

काठमाडौं- क्यानेडाली कवयित्री, निबन्धकार तथा अनुवादक एन कार्सनले यस वर्षको

गगनको मुखैमा विधान छ, मन लागेका बेला फ्याट्टै फेर्नुहुन्छ : प्रकाशशरण महत

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन जारी छ । संस्थापन पक्ष

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।