भोजपुरका दुवै प्रदेशसभामा गठबन्धन विजयी « Khabarhub

भोजपुरका दुवै प्रदेशसभामा गठबन्धन विजयी


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

टक्सार– मङ्सिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा भोजपुरका दुवै क्षेत्रमा गठबन्धन दलका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा १ तर्फ प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र प्रदेशसभा २ बाट नेपाली कांग्रेसका जिल्ला सभापति विनोद बान्तवा निर्वाचित भएका हुन् ।

नेकपा (एमाले) का उम्मेदवारलाई पछि पार्दै राई र बान्तवाले विजय हासिल गरेका छन् । प्रदेशसभा १ मा मुख्यमन्त्री राईले १६ हजार एक सय १० मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेका हरिबहादुर राईले १२ हजार दुई सय २३ मत प्राप्त गरे । 

प्रदेशसभा १ मा ६४ हजार दुई सय ३६ कूल मतदाता रहँदा ३२ हजार तीन सय ३२ मत खसेको थियो भने ३० हजार नौ सय ९२ सदर र एक हजार तीन सय ४० मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।

प्रदेशसभा २ तर्फ बान्तवाले १३ हजार पाँच सय ७९ मत ल्याँउदा प्रतिस्पर्धी एमालेका खडगबहादुर कार्कीले १२ हजार आठ सय २८ मत पाएका थिए। 

सो क्षेत्रमा कूल ५९ हजार एक सय ४३ मतदाता रहेकोमा २९ हजार चार सय ७४ मत खसेको थियो । जसमा २८ हजार तीन सय २५ सदर र एक हजार एक सय ४९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको विवरणमा उल्लेख गरिएको छ ।

समानुपातिकको मत पेटिकामा केही मत परेको हुनसक्ने भएकाले सो गणना भन्दा अगाडि औपचारिक घोषणा भने नगरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रतिनिधिसभातर्फ भने मतगणना जारी छ । सो मतगणना पनि चाँडै सक्ने गरी गणना भइरहेको मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेले बताए। भोजपुरमा एक लाख २३ हजार तीन सय ७९ कूल मतदाता रहेकोमा ६२ हजार एक सय ८१ मत खसेको थियो ।

जुन  ५० दशमलव ३९ प्रतिशत हो । भोजपुरमा प्रतिनिधिसभा तर्फ १२, प्रदेशसभा १ मा ७ र प्रदेशसभा २ मा ६ जना गरी २५ उम्मेदवारले निर्वाचनमा भाग लिएका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  १ : ३० बजे

कांग्रेस महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि गैरप्राथमिक आयोजनाको बजेट कटौती गरिने

हेटौँडा– बागमती प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलाई

अन्तर्राष्ट्रिय साहित्यतर्फको नोबेल पुरस्कार क्यानेडाली कवयित्री एवम् निबन्धकार एन कार्सनलाई

काठमाडौं- क्यानेडाली कवयित्री, निबन्धकार तथा अनुवादक एन कार्सनले यस वर्षको

गगनको मुखैमा विधान छ, मन लागेका बेला फ्याट्टै फेर्नुहुन्छ : प्रकाशशरण महत

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन जारी छ । संस्थापन पक्ष

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।