‘अघिल्लो कार्यकालमा नसकिएका योजना पूरा गर्छु’  « Khabarhub

‘अघिल्लो कार्यकालमा नसकिएका योजना पूरा गर्छु’ 


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रुपन्देही-३ (ख) बाट निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेले सम्पन्न हुन नसकेका अलपत्र योजनालाई सक्न प्राथमिकता दिने बताएका छन् । निर्वाचित भएर प्रमाणपत्र लिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले पाँच वर्षे कार्यकालमा जनताको पक्षमा काम गरेकै कारण दोस्रो पटक विश्वास गरेर पुनः निर्वाचित गरेकोमा धन्यवाद दिए । उनले जनताको अपेक्षालाई पूरा गर्ने पनि बताए । 

भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा मात्रै काम होइन, जनताको दैनिकीमा परेको समस्याका लागि पनि सधैँ तयार रहने उनको भनाइ छ । मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले निर्वाचित भएका पाण्डेलाई प्रमाणपत्र दिएका थिए । 

पाण्डे यो क्षेत्रबाट दोस्रो पटक निर्वाचित भएका हुन् । पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका पाण्डे १४ हजार नौ सय २८ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिस्पर्धी तीन दलीय गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका महेन्द्र यादवले १० हजार सात ९८ मत ल्याएका छन् ।

 पाण्डे चार हजार एक सय ३० मतान्तरले विजयी भएको मुख्य निर्वाचन अधिकृत कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  २ : ०३ बजे

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति

बंगलादेशले भारतबाट खोस्यो ‘विशेष आर्थिक क्षेत्र’, ड्रोन कारखाना बनाउन दियो चीनलाई

ढाका- बंगलादेशले चटगाउँस्थित भारतलाई दिएको स्पेशल इकोनोमिक जोन (सेज) का

प्रधानमन्त्री कार्कीद्वारा शहीद स्मारकमा श्रद्धाञ्जली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले शहीद स्मारक लैनचौरमा पुगेर ज्ञात–अज्ञात सहिदहरूप्रति

लैनचौरमा मनाइयो शहीद दिवस (तस्बिरहरू)

काठमाडौं– देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा स्वरूप

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

एजेन्सी – भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल