गुमनाम रञ्जु दर्शना : जमानत जफत, ६०० भोट ! « Khabarhub

गुमनाम रञ्जु दर्शना : जमानत जफत, ६०० भोट !

काठमाडौँको मेयर लडेर उदाएकी युवा नेतृको ओरालो यात्रा


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : पाँच वर्ष पहिले काठमाडौँमा मेयरको चुनाव लडेर चर्चामा रहेकी रञ्जु दर्शना (न्यौपाने) अहिले गुमनाम भएकी छन् । काठमाडौँ ५ बाट प्रतिनिधिसभा चुनाव लडेकी उनी पराजित मात्रै भएकी छैनन्, जमानत नै जफत भएको छ ।

विवेकशील नेपाली पार्टीबाट उदाएकी रन्जु दर्शनाले २०७३ सालमा काठमाडौँ महानगरको मेयरमा चुनाव लड्दा २३ हजार मत ल्याएकी थिइन् । तर अहिले काठमाडौँ ५ बाट चुनाव लड्दा उनले मात्रै ६०० भोट ल्याएकी छन् । चुनावमा भोट ल्याउने नम्बरमा उनी नवौँ भइन् । यो परिणामले उनी चर्चित होइन कि गुमना भएर पछाडि परेकी हुन् ।

प्रदीप पौडेल र इश्वर पोखरेलसँग चुनाव लडेकी उनी यसबीचमा कतै चर्चामा रहिनन् । उम्मेद्वारी दिएपछि खासै प्रचार गर्न नसकेकी उनी पराजित हुँदा जमानत जफत भएपछि मात्रै मिडियामा छाइन् । काठमाडौँ ५ मा खसेकोमध्ये ४४ हजार २४९ मत सदर थियो । तर उनले सदर मतको १० प्रतिशत ल्याउनुपर्नेमा जम्मा १.४ प्रतिशत मत ल्याइन् । यसले उनको १० हजार रुपैयाँ जमानत जफत भएको छ ।

यो क्षेत्रबाट प्रदीप पौडेल विजयी भएका छन् । यसपटक पराजित भएकी रञ्जु पछिल्लो समय विवेकशील साझा पार्टीबाट राजीनामा दिएर बाहिरिएकी थिइन् । सडक प्रदर्शनमा समेत नदेखिने रञ्जु विस्तारै गुमनाम भएकी छन् ।

यसपटक पराजित भएकी उनी अब झन् गुमनाम हुने सम्भावना छ । क्षमता भएपनि उनले आफ्नो बढ्दो क्रेजलाई ध्यान नदिँदा र आगामी बाटोलाई राम्रोसँग नियाल्न नसक्दा झन् गुमनाम बन्नुपर्ने अवस्थामा पुगेकी हुन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ३ : ५१ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । आजको

बर्दिबासमा सौर्य ऊर्जा जडान गरिँदै

महोत्तरी– बर्दिबास नगरपालिका-६ चौलिखामा २० मेगावाट विद्युत् उत्पादन हुने सौर्य

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा !

काठमाडौं – व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ

मोरङ– सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव

रिहाइ प्रक्रियाका लागि रुपन्देही जाँदै रवि (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइ प्रक्रियाका लागि