गुमनाम रञ्जु दर्शना : जमानत जफत, ६०० भोट ! « Khabarhub

गुमनाम रञ्जु दर्शना : जमानत जफत, ६०० भोट !

काठमाडौँको मेयर लडेर उदाएकी युवा नेतृको ओरालो यात्रा


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : पाँच वर्ष पहिले काठमाडौँमा मेयरको चुनाव लडेर चर्चामा रहेकी रञ्जु दर्शना (न्यौपाने) अहिले गुमनाम भएकी छन् । काठमाडौँ ५ बाट प्रतिनिधिसभा चुनाव लडेकी उनी पराजित मात्रै भएकी छैनन्, जमानत नै जफत भएको छ ।

विवेकशील नेपाली पार्टीबाट उदाएकी रन्जु दर्शनाले २०७३ सालमा काठमाडौँ महानगरको मेयरमा चुनाव लड्दा २३ हजार मत ल्याएकी थिइन् । तर अहिले काठमाडौँ ५ बाट चुनाव लड्दा उनले मात्रै ६०० भोट ल्याएकी छन् । चुनावमा भोट ल्याउने नम्बरमा उनी नवौँ भइन् । यो परिणामले उनी चर्चित होइन कि गुमना भएर पछाडि परेकी हुन् ।

प्रदीप पौडेल र इश्वर पोखरेलसँग चुनाव लडेकी उनी यसबीचमा कतै चर्चामा रहिनन् । उम्मेद्वारी दिएपछि खासै प्रचार गर्न नसकेकी उनी पराजित हुँदा जमानत जफत भएपछि मात्रै मिडियामा छाइन् । काठमाडौँ ५ मा खसेकोमध्ये ४४ हजार २४९ मत सदर थियो । तर उनले सदर मतको १० प्रतिशत ल्याउनुपर्नेमा जम्मा १.४ प्रतिशत मत ल्याइन् । यसले उनको १० हजार रुपैयाँ जमानत जफत भएको छ ।

यो क्षेत्रबाट प्रदीप पौडेल विजयी भएका छन् । यसपटक पराजित भएकी रञ्जु पछिल्लो समय विवेकशील साझा पार्टीबाट राजीनामा दिएर बाहिरिएकी थिइन् । सडक प्रदर्शनमा समेत नदेखिने रञ्जु विस्तारै गुमनाम भएकी छन् ।

यसपटक पराजित भएकी उनी अब झन् गुमनाम हुने सम्भावना छ । क्षमता भएपनि उनले आफ्नो बढ्दो क्रेजलाई ध्यान नदिँदा र आगामी बाटोलाई राम्रोसँग नियाल्न नसक्दा झन् गुमनाम बन्नुपर्ने अवस्थामा पुगेकी हुन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ३ : ५१ बजे

चीनले इरानलाई सूचना दिएको खबरबारे ट्रम्प : हामी पनि उनीहरूको जासुसी गर्छौँ

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी क्षेप्यास्त्र आक्रमणमा तीन अमेरिकी

बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम

काठमाडौं- यस वर्षको ‘फेसियल हाउस प्रिजेन्ट्स सेलिब्रेसन सांस्कृतिक कार्यक्रम २०८३’

तेस्रो सातामा पनि नीताको फिल्म ‘पार्वती’ले गर्न सकेन चमत्कार, मात्रै ४७ लाखको व्यापार

काठमाडौं – घरेलु बक्स अफिसमा फ्लप भएको नायिका नीता ढुंगानाको

दुर्गा प्रसाईंलाई विमानस्थलबाट समातेर ठिमी लगिँदै

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अगुवा

रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह

कीएभ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसका तेल प्रशोधन केन्द्र