‘मतदाताको भावना र प्रतिस्पर्धी दलहरूको सुझावअनुसार अगाडि बढ्नेछु’ « Khabarhub

‘मतदाताको भावना र प्रतिस्पर्धी दलहरूको सुझावअनुसार अगाडि बढ्नेछु’


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आम मतदाताको भावना, प्रतिस्पर्धी दलहरूको सुझावअनुसार अगाडि बढ्ने प्रतिबद्धता र संकल्प गरेका छन् ।

तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आज सामाजिक सञ्जालमा प्रतिक्रिया लेख्दै उनले पार्टी सङ्गठनभित्र पार्टीको सिद्धान्त, आदर्श र निष्ठाको अभियानलाई अगाडि बढाउन आगामी दिनमा अझ बढी सक्रिय रहने उल्लेख गरेका छन् ।

“संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, धर्मनिरपेक्षता, समावेशिता र आर्थिकरूपमा समृद्ध नयाँ नेपाल निर्माणमा यसपटक प्राप्त गरेको जनादेशले स्पष्ट सन्देश दिएको मैले महसुस गरेको छु”, वरिष्ठ नेता पौडेलले उल्लेख गरेका छन् ।

यस निर्वाचनमा जनताद्वारा तनहुँ जिल्लाको विकासको जिम्मा गठबन्धनलाई प्राप्त भएको महसुस गरेको उनले उल्लेख गरेका छन्। उनले निर्वाचनले दिएको सन्देशको गम्भीर विश्लेषण गरी आजको आवश्यकता सुशासन, समृद्धि र विकासलाई ध्यान दिँदै राष्ट्रिय राजनीतिमा तनहुँको प्रतिष्ठाजनक भूमिका स्थापित गर्दै समग्र मुलुक र तनहुँ जिल्लाको विकास गर्न आम जनताको साझा प्रतिनिधिका रूपमा कार्य गर्ने र देशलाई सुशासन दिने प्रतिबद्धता व्यक्त गरका छन् ।

उनले यस निर्वाचनलाई सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्ण मतदाता, निर्वाचन आयोग, निर्वाचनमा अहोरात्र खटिएका सबै कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, निर्वाचन पर्यवेक्षक तथा गठबन्धनका सहयात्री दललगायत आम तनहुँबासीलाई समेत आभारसहित धन्यवाद ज्ञापन गरेका छन् । 

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ४ : ५६ बजे

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र

जेन-जी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले मुलुकमा विद्यमान राजनीतिक, प्रशासनिक र

महाधिवेशनका स्वयंसेवकलाई एमालेको सम्मान र प्रमाणपत्र (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको

बालेन र रविको वार्ता चल्दै गर्दा कुमार बेनको घरमा सुधन पनि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका