नुवाकोट-१ को प्रदेशसभा (२) मा कांग्रेसका महत « Khabarhub

नुवाकोट-१ को प्रदेशसभा (२) मा कांग्रेसका महत


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– नुवाकोटको प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ अन्तर्गतको प्रदेशसभा सदस्य (२) मा नेपाली कांग्रेसका रमेशकुमार महत विजयी भएका छन् । 

लोकतान्त्रिक वाम–गठबन्धनका उम्मेदवार महतले  नेकपा ९एमाले०का  उम्मेदवार पूर्णलाल श्रेष्ठलाई एक हजार आठ सय ८९ मतले पछि  प्रदेशसभा सदस्यको यात्रा तय गरेका हुन्। महतले तेह्र हजार सात सय २७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी श्रेष्ठले ११ हजार आठ सय ३१ मत प्राप्त गरेका थिए ।

प्रदेशसभा सदस्यका लागि एक स्वतन्त्रसहित नौ जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका विमल थापाले तीन हजार ९२, जनता समाजवादी पार्टी नेपालका रामकृष्ण ढकालले तीन सय १७, हाम्रो नेपाली पार्टीका दिपेश ढुङ्गानाले नौ सय १६, राष्ट्रिय प्रजातनत्र पार्टी नेपालका केदारप्रसाद पौडेलले एक सय १५ मत प्राप्त गरेका छन् । 

यस्तै मङ्गोल नेशनल अर्गनाइजेशनका दिपेश राईले चार सय ६५, नेश्रलिष्ट पिपल्स पार्टी पिपल्स पार्टीका रमेश सुनारले ५९ र स्वतन्त्र उम्मेदवार डोलबहादुर घलेले एक सय ७८ मत प्राप्त गरेका छन् ।

उक्त निर्वाचन क्षेत्रमा ६१ हजार दुई सय ९३ मतदाता रहेकामा मङ्सिर ४ को निर्वाचनमा ३२ हजार दुई सय ५७ मतदाताले मतदान गरेका थिए । निर्वाचनमा खसेको कूल मतमध्ये ३० हजार सात सय मत सदर र एक हजार ५५७ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ५ : ३१ बजे

बंगलादेशले भारतबाट खोस्यो ‘विशेष आर्थिक क्षेत्र’, ड्रोन कारखाना बनाउन दियो चीनलाई

ढाका- बंगलादेशले चटगाउँस्थित भारतलाई दिएको स्पेशल इकोनोमिक जोन (सेज) का

प्रधानमन्त्री कार्कीद्वारा शहीद स्मारकमा श्रद्धाञ्जली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले शहीद स्मारक लैनचौरमा पुगेर ज्ञात–अज्ञात सहिदहरूप्रति

लैनचौरमा मनाइयो शहीद दिवस (तस्बिरहरू)

काठमाडौं– देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा स्वरूप

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

एजेन्सी – भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल

क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडालाई अमेरिकामा बिक्री हुने