प्रचण्डलाई फकाउन ओलीको टेलिफोन « Khabarhub

चुनावी मतपरिणामको चर्चा

प्रचण्डलाई फकाउन ओलीको टेलिफोन

कांग्रेसले धोका दिएको टिप्पणी, नयाँ सहकार्य गर्न प्रस्ताव


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : कांग्रेससँगको गठबन्धनले माओवादीका सबै उम्मेद्वारले जित्न नसकेपछि प्रचण्डलाई फकाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले टेलिफोन गरेका छन् । बिहीबार दिउँसो ओली र प्रचण्डबीच टेलिफोन कुराकानी भएको दुवै अध्यक्षका सचिवालयले जनाएका छन् ।

कांग्रेससँगको गठबन्धनले माओवादीका केही उम्मेद्वार पराजित भएपछि प्रचण्ड केही असन्तुष्ट देखिएका छन् । कांग्रेसले इमान्दार भएर भोट नहाल्दा माओवादी उम्मेद्वार रहेका क्षेत्रमा रवि लामिछानेको पार्टीका उम्मेद्वार विजयी भएका छन् ।

कांग्रेसकै भोटले गर्दा काठमाडौँमा धेरै कम्युनिष्ट उम्मेद्वार पराजित भएका छन् । स्वयंम माओवादी नेताहरुले पनि कांग्रेससँगको गठबन्धन एमालेजति फलदायी हुन नसकेको टिप्पणी गरिरहेका छन् । यस्तो बेलामा यसपटकको चुनावको सबै मतपरिणाम नआउँदै ओली प्रचण्डलाई फकाउन हतारिएका छन् ।

माओवादीसँगको सहकार्य टुटेपछि एमालेका धेरै नेताहरु पराजित हुन पुगेका छन् । यसले सबैभन्दा ठूलो समस्यामा एमाले परेको छ । अहिलेका परिणामले एमाले सरकार बनाउनै नसक्ने अवस्थामा पुगेको छ । माओवादी पनि निकै कमजोर अवस्थामा पुगेको छ ।

पछिल्लो मतपरिणामअनुसार पहिलो स्थानमा रहेको कांग्रेसले ३२ सिट जितेको छ भने एमालेले २० सिट मात्रै जितेको छ । यस्तै माओवादीले अहिलेसम्म ९ सिट जित्दा माधव नेपालको पार्टीले ७ सिट जितेको छ । यस्तै यसै चुनावबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि अहिलेसम्म ७ सिट जितेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ६ : ४९ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर– भोजपुरका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार बन्दै

बजार अनुमगनलाई तिव्रता दिँदै विभाग

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार काठमाडौंका विभिन्न

२४ घण्टामा देशभर २२ स्थानमा आगलागीका घटना

काठमाडौं– राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार बिहान

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्दैछ।