प्रचण्डलाई फकाउन ओलीको टेलिफोन « Khabarhub

चुनावी मतपरिणामको चर्चा

प्रचण्डलाई फकाउन ओलीको टेलिफोन

कांग्रेसले धोका दिएको टिप्पणी, नयाँ सहकार्य गर्न प्रस्ताव


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : कांग्रेससँगको गठबन्धनले माओवादीका सबै उम्मेद्वारले जित्न नसकेपछि प्रचण्डलाई फकाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले टेलिफोन गरेका छन् । बिहीबार दिउँसो ओली र प्रचण्डबीच टेलिफोन कुराकानी भएको दुवै अध्यक्षका सचिवालयले जनाएका छन् ।

कांग्रेससँगको गठबन्धनले माओवादीका केही उम्मेद्वार पराजित भएपछि प्रचण्ड केही असन्तुष्ट देखिएका छन् । कांग्रेसले इमान्दार भएर भोट नहाल्दा माओवादी उम्मेद्वार रहेका क्षेत्रमा रवि लामिछानेको पार्टीका उम्मेद्वार विजयी भएका छन् ।

कांग्रेसकै भोटले गर्दा काठमाडौँमा धेरै कम्युनिष्ट उम्मेद्वार पराजित भएका छन् । स्वयंम माओवादी नेताहरुले पनि कांग्रेससँगको गठबन्धन एमालेजति फलदायी हुन नसकेको टिप्पणी गरिरहेका छन् । यस्तो बेलामा यसपटकको चुनावको सबै मतपरिणाम नआउँदै ओली प्रचण्डलाई फकाउन हतारिएका छन् ।

माओवादीसँगको सहकार्य टुटेपछि एमालेका धेरै नेताहरु पराजित हुन पुगेका छन् । यसले सबैभन्दा ठूलो समस्यामा एमाले परेको छ । अहिलेका परिणामले एमाले सरकार बनाउनै नसक्ने अवस्थामा पुगेको छ । माओवादी पनि निकै कमजोर अवस्थामा पुगेको छ ।

पछिल्लो मतपरिणामअनुसार पहिलो स्थानमा रहेको कांग्रेसले ३२ सिट जितेको छ भने एमालेले २० सिट मात्रै जितेको छ । यस्तै माओवादीले अहिलेसम्म ९ सिट जित्दा माधव नेपालको पार्टीले ७ सिट जितेको छ । यस्तै यसै चुनावबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि अहिलेसम्म ७ सिट जितेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ६ : ४९ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल