मुगुमा कांग्रेसका शाहीको अग्रता कायमै « Khabarhub

मुगुमा कांग्रेसका शाहीको अग्रता कायमै


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । पछिल्लो मतगणनाअनुसार कांग्रेसका उम्मेदवार ऐनबहादुर शाहीले चार हजार सात सय ६२ मत प्राप्त गरेका छन् । ।

जिल्ला निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेका अनुसार नौ हजार दुई सय नौ मत गणना हुँदा नेकपा (एमाले) का उम्मेदवार राजबहादुर कार्कीले चार हजार ५४ मत प्राप्त गरेका छन्। शाही र कार्कीबीच सात सय आठ मतान्तर रहेको छ ।

त्यस्तै प्रदेशसभा (१) मा एमालेका जीतबहादुर मल्लले एक हजार तीन सय ७९ तथा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का गोपालबहादुर बमले एक हजार दुई सय ९२ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा (२) मा एमालेका कर्णबहादुर मल्लले एक हजार तीन सय ५० र नेकपा (माओवादी केन्द्र)का मङ्गलबहादुर शाहीले एक हजार सात सय १७ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ८ : १७ बजे

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा

जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

रुपन्देही- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति जोगाउन

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण