जनताको विश्वासलाई कायम राख्दै अगाडि बढ्छौँ : साउद « Khabarhub

जनताको विश्वासलाई कायम राख्दै अगाडि बढ्छौँ : साउद


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ का लोकतान्त्रिक–वाम गठबन्धनका प्रतिनिधिसभाका विजयी उम्मेदवार नारायणप्रकाश साउदले जनताको विश्वासलाई कायम राख्दै अगाडि बढ्ने बताएका छन् ।

आज शुक्लाफाँटा नगरपालिका–१० झलारीमा आयोजित विजयी जुलुसलाई सम्बोधन गर्दै उनले निर्वाचनका क्रममा जनतासँग गरेका वाचा पूरा गर्ने बताए। गठबन्धनको सरकार निरन्तर जारी रहने उल्लेख गर्दै उनले देश विकासको गतिमा अगाडि बढ्ने बताए ।
नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकार पाँच वर्ष काम गर्ने उनले बताए । ‘जनताका धेरै अपेक्षा छन्, सबै अपेक्षा पूरा गर्नका लागि सक्दो पहल गछौँ’, उनले भने, ‘यसका लागि सबैको साथ र सहयोग आवश्यक छ ।’

चुनावका बेला जनतासँग गरेको सङ्कल्प पूरा गर्ने नेपाली कांग्रेसका प्रदेशसभाका विजयी उम्मेदवार बहादुरसिंह थापाले बताए ।

नेकपा(माओवादी केन्द्र)का प्रदेशसभाका विजयी उम्मेदवार ओमविक्रम भाटले मतदातासँग गरेका वाचा पूरा गर्ने बताए । प्रतिबद्धतापत्रमा उल्लेख गरेका कुरा अक्षरशः पूरा गर्ने उनको भनाइ थियो ।

निर्वाचन क्षेत्र नं २ का विजयी उम्मेदवारलाई निर्वाचन अधिकृतको कार्यालयबाट विजयी जुलुस निकालेर लोकतान्त्रिक–वाम गठबन्धनको कार्यालमा पुगेर समापन गरिएको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ८ : २९ बजे

तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पाँच जना पक्राउ

धरान – गत भदौ २४ गते इटहरी इलाका प्रहरी कार्यालयमा

विशेष महाधिवेशनको पक्षको हस्ताक्षर फिर्ता गराउन गगनलाई पूर्णबहादुरको प्रस्ताव, गगनले नटेर्दा बैठक नै सारियो

काठमाडौँ– महाधिवेशनको किचलोमा फसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सरिसकेको

मन्त्री कुलमान घिसिङद्धारा निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास

सिरियाको इदलिबमा सैन्य सामग्री भण्डारमा विस्फोट, ५ जनाको मृत्यु

दमास्कस – सिरियाको इदलिब प्रान्तको कफ्र तक्हारिम शहरमा बुधबार एक

प्राधिकरणले थाल्यो बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीको दर्ता प्रक्रिया

काठमाडौं- राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार