बैतडीमा एमालेका दामोदर भण्डारीको ‘ह्याट्रीक’ « Khabarhub

बैतडीमा एमालेका दामोदर भण्डारीको ‘ह्याट्रीक’


८ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीबाट प्रतिनिधिसभा सांसदमा नेकपा एमालेका दामोदर भण्डारी विजयी भएकाछन् । पार्टी प्रदेश अध्यक्षसमेत रहेका भण्डारीले तेश्रो पटक पनि जीत हासील गरेका हुन् ।

उनले २०७०को संविधानसभा निर्वाचन, २०७४ को प्रतिनिधिसभा र २०७९को प्रतिनिधिसभा निर्वाचनमा लगातार जीत हासील गरेका हुन् ।

भण्डारी पहिलो पटक २०७० मा जीत हासील गर्दा अर्थराज्यमन्त्री समेत बनेका थिए । उनले गठबन्धनका नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र कुवरलाई पराजीत गरेका हुन् ।

भण्डारीले ३३ हजार ६सय ११ मत प्राप्त गर्दा कुवरको ३२ हजार ८० मत रहेको छ । भण्डारी २०६४ सालमा कुवरसँगै पराजीत भएका थिए । २०७०मा कुवरलाई नै हराएका भण्डारी २०७४ मा भने बाम गठबन्धन हुदाँ कुवर समेतको साथले जितेका थिए । अहिले फेरी कुवरसँगको भिडन्तमा उनी विजयी भएका हुन् ।

यसैगरी बैतडी प्रदेशसभा (क) मा पनि एमालेकै सुरेन्द्र पालले विजय हासिल गरेका छन् । उनले १२ हजार ८सय ३१ मत सहित निर्वाचित हुदाँ स्वतन्त्र उम्मेदवार हरी मोहन भण्डारीले ११हजार १८ मत पाए भने, गठबन्धनका कांग्रेस उम्मेदवार बीर बहादुर बिष्टले १० हजार ९ सय ५३ मत ल्याएका छन् ।

प्रदेशसभा क्षेत्र (ख) मा भने गठबन्धनका कांग्रेस उम्मेदवार शिवराज भट्ट विजयी भएकाछन् । उनले १७ हजार १सय ५२ मत ल्याई निर्वाचित हुदाँ एमालेका लीलाधर भट्टले १६ हजार ७ सय १६ मत प्राप्त गरे ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार  ८ : ४५ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको