सेपाकताक्रो टोली आज बंगलादेश जाने | Khabarhub Khabarhub

सेपाकताक्रो टोली आज बंगलादेश जाने


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बंगबन्धु कप चौथो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुन नेपाली सेपाकताक्रो टोली आज शनिबार बंगलादेशको ढाका प्रस्थान गर्दैछ।

१६ खेलाडीसहित २५ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शुक्रबार बिदाइ गरेका थिए।

डिसेम्बर २५ देखि ३१ तारिखसम्म ढाकास्थित सुहार्दी राष्ट्रिय इन्डोर स्टेडियम हुने प्रतियोगितामा नेपाली पुरुष टोलीले ३ तथा महिला टोलीले २ स्पर्धा सहभागिता जनाउने छन्। पुरुषले रेगु टिम, रेगु र क्वाड तथा महिलाले रेगु र क्वाड स्पर्धामा खेल्ने छन्।

पुरुष खेलाडीमा रोशन तामाङ, रविन भट्टराई, संगिन थापा मगर, विपिन थनेत, विजय महतो, पदमबहादुर ठाडा मगर, सूर्यकुमार चौधरी, दिपेशजंग थापा, उमेशबहादुर महतो, राजीव कालाखेती, सन्देश राई र चन्द्र चौधरी रहेका छन्। महिलामा सुमित्रा डंगोल, कमला दर्जी, रुथकुमारी श्रेष्ठ, निरु थापा मगर र भबिसरा ढकाल छन्।

टोली प्रमुखमा नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङ, व्यवस्थापकमा नेसिर मास्के, पुरुषको मुख्य प्रशिक्षकमा वीरेन्द्रविक्रम लिम्बू र सहायक प्रशिक्षकमा खेवाहाङ राई तथा महिलाको मुख्य प्रशिक्षकमा लोकमणि आत्रेय र सहायक प्रशिक्षकमा रामकुमारी शर्मा तिमिल्सिना रहेका छन्। निर्णायकमा मेघराज तोलङ्गी र क्षितिजकुमार धामी रहेका छन्।

टोली शनिबार ढाका प्रस्थान गर्नेछ। पुरुष-महिला दुवैमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश गरी ५ राष्ट्रको सहभागिता रहने अध्यक्ष गुरुङले जानकारी गराए।

 

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ७ : ३२ बजे

बारपाकमा भिसी गजे घले संग्रहालय उद्‌घाटन

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखाको बारपाकमा भिसी गजे

भारत–पाकिस्तान युद्धले नेपालको बजार र भान्छामा कस्तो असर पर्ला ?

काठमाडौं– आतंकवादविरुद्ध भारतले अगाडि बढाएको ‘मिसन सिन्दुर’ पछि भारत पाकिस्तानबीचमा

‘पाकिस्तानमा रहेका नेपालीको सुरक्षाका लागि सरकार सचेत छ’

काठमाडौं– परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी र अन्य नेपालीको

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी

गलकोट– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको विकल्प

डेङ्गुप्रति सचेतना अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं– पानी पर्न थालेकाले डेङ्गु सङ्क्रमणको जोखिम बढ्नसक्ने भन्दै सतर्कता अपनाउन