चीनमा एकै दिन ३ करोड ७० लाखलाई कोभिड ! « Khabarhub

चीनमा एकै दिन ३ करोड ७० लाखलाई कोभिड !


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चीनमा लगभग ३ करोड ७० लाख मानिस यस हप्ता एकै दिन कोभिड–१९ बाट संक्रमित भएको हुन सक्ने सरकारको शीर्ष स्वास्थ्य निकायले अनुमान गरेको छ। यसलाई विश्वमा एकै दिन सबैभन्दा ठूलो संख्यामा महामारी बताइएको छ।

डिसेम्बरको पहिलो २० दिनमा करिब २४ करोड ८० लाख मानिस वा जनसंख्याको झण्डै १८ प्रतिशतमा यो भाइरसको संक्रमण भएको हुनसक्ने चीनको राष्ट्रिय स्वास्थ्य आयोगको बुधबार सम्पन्न आन्तरिक बैठकको छलफलमा संलग्न व्यक्तिहरूले पुष्टि गरेका छन्।

बेइजिङको कोभिड शून्य नीति अन्त्यले प्रतिरक्षा न्यून भएको जनसंख्यामा अत्यधिक संक्रामक ओमिक्रोन भेरियन्टहरूको अव्यवस्थित फैलावट भएको छ। एजेन्सीको अनुमान अनुसार चीनको दक्षिणपश्चिममा रहेको सिचुआन प्रान्त र राजधानी बेइजिङका आधाभन्दा बढी बासिन्दाहरू संक्रमित भएका छन्।

चौतर्फी विरोधपछि चीनले केही दिनअघि शून्यकोभिड नीति अन्त्य गरेको थियो।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ८ : ४० बजे

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स– ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण गर्ने

पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौं– नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड

विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा– पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा बढीको