चीनमा एकै दिन ३ करोड ७० लाखलाई कोभिड ! « Khabarhub

चीनमा एकै दिन ३ करोड ७० लाखलाई कोभिड !


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चीनमा लगभग ३ करोड ७० लाख मानिस यस हप्ता एकै दिन कोभिड–१९ बाट संक्रमित भएको हुन सक्ने सरकारको शीर्ष स्वास्थ्य निकायले अनुमान गरेको छ। यसलाई विश्वमा एकै दिन सबैभन्दा ठूलो संख्यामा महामारी बताइएको छ।

डिसेम्बरको पहिलो २० दिनमा करिब २४ करोड ८० लाख मानिस वा जनसंख्याको झण्डै १८ प्रतिशतमा यो भाइरसको संक्रमण भएको हुनसक्ने चीनको राष्ट्रिय स्वास्थ्य आयोगको बुधबार सम्पन्न आन्तरिक बैठकको छलफलमा संलग्न व्यक्तिहरूले पुष्टि गरेका छन्।

बेइजिङको कोभिड शून्य नीति अन्त्यले प्रतिरक्षा न्यून भएको जनसंख्यामा अत्यधिक संक्रामक ओमिक्रोन भेरियन्टहरूको अव्यवस्थित फैलावट भएको छ। एजेन्सीको अनुमान अनुसार चीनको दक्षिणपश्चिममा रहेको सिचुआन प्रान्त र राजधानी बेइजिङका आधाभन्दा बढी बासिन्दाहरू संक्रमित भएका छन्।

चौतर्फी विरोधपछि चीनले केही दिनअघि शून्यकोभिड नीति अन्त्य गरेको थियो।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ८ : ४० बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी