बाह्रबिसेमा व्यावसायिक रूपमा आलुको बीउ उत्पादन | Khabarhub Khabarhub

बाह्रबिसेमा व्यावसायिक रूपमा आलुको बीउ उत्पादन


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – जिल्लाको बाह्रबिसे नगरपालिका–९ आरुखर्क चापानी लेकमा आलुको बीउको व्यावसायिक उत्पादन थालिएको छ । स्थानीय समुदायले ६० रोपनी निजी जग्गामा व्यावसायिक रुपमा आलुखेती गरी आलुको बीउ उत्पादन गर्न थालेका छन् ।

नगरपालिका पशु शाखाका पीताम्बर घिमिरेका अनुसार सङ्घीय सरकारको सर्शत अनुदान रु २६ लाखको बजेटमा आलुको बीउ उत्पादन गरिएको हो । नगरले बीउ उत्पादनका लागि कृषक समूहका लागि सूचना प्रकाशित गरेको थियो । उक्त सूचनाअनुसार ‘श्री तपाईं हाम्रो नमूना साना किसान सहकारी संस्था लिमिटेड’ को सेतीदेवी कृषि समूहले आलुको बीउ उत्पादन खेती गर्न जिम्मा पाएको थियो ।

आलु उत्पादन गर्न दुई वटा ट्र्याक्टर, मल, बीउ, कामदार, विषादी, कृषि भवनमा रकम खर्च भएको छ । स्थानीय कृषि सहकारीकै फार्म समूहले जिल्लामै उत्कृष्ट प्रजातिको आलु मानिने शैलुङ र मुडेबाट एक हजार पाँच सय किलो आलु ल्याएर बीउ उत्पादन थालेको घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  १० : ३५ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले