मध्यपहाडी लोकमार्ग शहरमा झारेको भन्दै पोखरा महानगरविरुद्ध प्रदर्शन « Khabarhub

मध्यपहाडी लोकमार्ग शहरमा झारेको भन्दै पोखरा महानगरविरुद्ध प्रदर्शन


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पोखरा – लामो समय अन्योलमा रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको भैंसे–याम्दी खण्डको रुट टुंगिएको छ। आयोजनाले यसअघिको प्रस्तावित भैंसेबाट कसेरी हुँदै मनिपालबाट याम्दी जोड्ने रुटलाई संशोधन गरेर मौजा, अर्मला हुँदै याम्दीमा जोडेको हो। उक्त रुटको टेण्डर आह्वान समेत भैसकेको छ । साढे ३५ किलोमिटर उक्त खण्डमा करिब ४ अर्व खर्च हुने प्रस्ताव छ।

तर, पोखरा १६ का बासिन्दाले रुट गलत मनसायबाट टुंग्याइएको भन्दै विरोध जनाएका छन्। स्थानीयको मर्मविपरित आयोजना अगाडि बढाएको भन्दै उनीहरुले पोखरा महानगरमा धर्ना दिएका छन्। स्थानीयलाई जानकारी नगराई पुनः रुट संशोधन गरेको भन्दै मध्येपहाडी लोकमार्ग सहरमा नझार्न उनीहरूको माग छ।

माग पूरा गर्न स्थानीयले संघर्ष समिति नै बनाएका छ। माग सुनुवाई नहुँदासम्म महानगरको कार्यालय अगाडी धर्ना दिने समितिका सचिव सन्दीप थापाले बताए। ‘राष्ट्रिय गौरवको आयोजना बन्दा स्थानीयलाई थाहा हुनुपर्छ कि पर्दैन ? सुटुक्क रेखांकन गरेर टेण्डर निकालिएको छ,’ उनले भने, ‘आयोजनाले जग्गाधनी, पर्यटकीय ठाउँ र स्कुललाई समेत वास्ता गरेको छैन। यसका विरुद्ध हामी निरन्तर संघर्ष गर्छौं।’

आयोजनाबाट व्यक्तिहरूको उठिबास लाग्ने र सुकुम्वासी बन्ने उनीहरूको गुनासो छ। लमजुङको सीमानादेखि भैंसेसम्म र याम्दीदेखि पर्वतको सिमाना नयाँ पुलसम्म काम करिब अन्तिम चरणमा छ। भैंसेदेखि याम्दी खण्डमा भने रुट छनोटमा ढिलाइ हुँदा काम अघि बढ्न नसकेको हो। सुरुमा भैंसेबाट लेखनाथ निकाल्ने प्रस्ताव थियो। त्यसपछि पनि विभिन्न ५ वटा रुटमा छलफल भयो। अन्ततः भैंसेबाट ज्याम्दु हुँदै आँटीघर निकालेर अर्मलाकोटबाट महेन्द्रगुफा र त्यहाँबाट याम्दी जोड्ने गरी मंसिर १४ गते टेण्डर प्रकाशन गरिएको हो।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ११ : ०३ बजे

जति खरानी घसे पनि ‘गगन कांग्रेस’को काम छैन : केदार कार्की

काठमाडौं- नेपाली कांग्रेसले असोज ३ गतेदेखि वडा अधिवेशन गर्ने तयारी

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त