देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न माग « Khabarhub

देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न माग


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न माग गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री देउवालाई भेटेर सांसदहरुले प्रतिनिधिसभाको सबैभन्दा ठूलो राजनीतिक दलको हैसियतले कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनु स्वाभाविक हुने जानकारी गराएको सांसद चन्दा चौधरीले जानकारी  दिए ।

 जवाफमा प्रधानमन्त्री देउवाले सांसदले उठाएका मागलाई गम्भीरतापूर्वक लिँदै त्यसबारे जानकारी गराउने बताए । राष्ट्रपति विद्यादेवी  भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई दाबी पेस गर्न दिएको समय सीमा आइतबार सकिँदैछ । 

प्रतिनिधिसभामा कांग्रेस ८९ सिटसहित ठूलो दलका रूपमा रहेको छ  । 

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  २ : ४१ बजे

काठमाडौंमा यस वर्षको पहिलो हिउँदे वर्षा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंमा आज यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ

‘सरकारले जनताको विश्वास जित्न सकेन, मन्त्रीले सुशासनको एजेण्डालाई लत्त्याए’

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले जेन-जी आन्दोलनपछि बनेको सरकारले जनताको विश्वास जित्न

संयुक्त राष्ट्र सुरक्षा परिषदले ‘होडैदा मिसन’ बन्द गर्दै

काठमाडौं– संयुक्त राष्ट्र सुरक्षा परिषदले यमनको ‘होडैदा’ क्षेत्रमा सञ्चालन हुँदै

आफ्नै थातथलोमा उम्मेदवारीबाट वञ्चित बन्दै नेवार समुदाय

काठमाडौं– काठमाडौं विशेषगरी नेवाः सभ्यताको धनी ठाउँ हो । तर,

संघीयता खारेजीको एजेन्डासहित जनमोर्चाले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र 

काठमाडौं– राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको एजेन्डासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको