फाइल फोटो

ब्रेकिङ स्टोरी

सत्ता गठबन्धनको बैठक बस्दै

By खबरहब

December 24, 2022

काठमाडौं– नयाँ सरकार गठन र शक्ति समीकरण बारे छलफल गर्ने गरी सत्ता गठबन्धनमा रहेका दलहरूको बैठक आज ४ बजे बस्ने तयारी छ ।

गठबन्धन बैठकअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल हुने स्रोतको भनाइ छ । प्रचण्ड र प्रधानमन्त्री देउवाबीचको भेटपछि मात्रै गठबन्धनको बैठक बस्ने भनाइ छ।  

यसअघि आजै बिहान कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी अध्यक्ष प्रचण्डलाई उनको निवास खुमलटारमा भेटेका थिए । सो क्रममा उनले हालको गठबन्धन यथावत राख्न जोड दिएका थिए ।