१६ वर्षमा पहिलो पटक फिजीमा नयाँ प्रधानमन्त्री चयन « Khabarhub

१६ वर्षमा पहिलो पटक फिजीमा नयाँ प्रधानमन्त्री चयन


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिटिभेनी रबुका फिजीको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । संसद्ले शनिबार उनी निर्वाचित भएको घोषणा गरेको हो ।

राबुका सन् २०२१ मा गठन भएको फिजीको राजनीतिक दल जन गठबन्धनका नेता हुन् । रबुका संसद्को २८ मतले निर्वाचित भए भने अर्का नेता भोरेके बैनिमारामाले २७ मत प्राप्त गरेका छन् ।

संसद्का नवनिर्वाचित सभामुख नाइकामा लालबालावुले निर्वाचन परिणाम घोषणा गरेका हुन् ।

फिजीको सोसल डेमोक्रेटिक लिबरल पार्टीले राबुकाको पिपुल्स अलायन्स र नेसनल फेडरेशन पार्टीसँग मिलेर गठबन्धन बनाएको हो ।

गठबन्धनपछि राबुकाले विजय हासिल गरेका हुन् । यो सँगै फ्रान्क बैनीमारामाको नेतृत्वमा रहेको १६ वर्षे शासनको अन्त्य भएको छ । उनले सन् २००६ मा सैन्य कूद्वारा सत्ता कब्जा गरेका थिए ।

१६ वर्षमा पहिलो पटक फिजीवासी नयाँ प्रधानमन्त्रीलाई स्वागत गर्ने तयारीमा छन् ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ४ : ०२ बजे

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ