वीरगञ्ज महानगरको निर्णयविरुद्ध उच्च अदालतद्वारा अन्तरिम आदेश | Khabarhub Khabarhub

वीरगञ्ज महानगरको निर्णयविरुद्ध उच्च अदालतद्वारा अन्तरिम आदेश


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– विद्यालयको स्तर वर्गीकरण तथा शुल्क निर्धारणको निर्णय तत्काल कार्यान्वयन नगर्न वीरगञ्ज महानगरपालिकाका नाममा उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी गरेको छ । राष्ट्रिय आवासीय तथा निजी विद्यालय एशोसिएसन नेपाल पर्साले महानगरपालिकाले जारी गरेको विद्यालय वर्गीकरण तथा शुल्क निर्धारणविरुद्ध रिट दायर गरेको थियो । 

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश सुदर्शनदेव भट्टको एकल इजलासले रिटमाथि सुनुवाइ गर्दै निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । महानगरले गत मङ्सिर २३ गते वीरगञ्जका ५८ वटा निजी विद्यालयको स्तर वर्गीकरण गर्दै शुल्क निर्धारण गरेको थियो । महानगरले छ वटा विद्यालय ‘क’ वर्गमा, २४ वटा ‘ख’ वर्गमा, २७ वटा ‘ग’ वर्गमा र एउटा विद्यालय ‘घ’ वर्गमा परेका थिए ।

यसका लागि महानगरपालिका प्रमुख राजेशमान सिंहको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको थियो । रिट निवेदनका तर्फबाट अधिवक्ता सुधीर कर्णले बहस गरेका थिए ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ६ : ०४ बजे

ट्रम्पको कर घोषणाले विश्व बजारमा नयाँ युद्ध सुरु भएको भारतको प्रतिक्रिया

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग तेल खरिद गरे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनियम दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

जलवाष्पयुक्त हावाको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल साउन २२ गते बिहीबार। साउन

आज २०८२ साल साउन २२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन २२ गते बिहीबार। साउन