भारतले सिरियालाई २८ करोड डलर प्रदान गर्ने « Khabarhub

भारतले सिरियालाई २८ करोड डलर प्रदान गर्ने


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले द्वन्द्वग्रस्त मुलुक सिरियालाई उर्जा केन्द्र र स्टिल कारखाना निर्माणका लागि २८ करोड अमेरिकी डलर प्रदान गर्ने भएको छ । संयुक्त राष्ट्रसंघमा भारतीय स्थायी प्रतिनिधि रुचिरा कम्बोजले सिरियालाई उर्जा केन्द्र र स्टिल कारखाना निर्माणका लागि २८ करोड अमेरिकी डलरको प्रस्ताव गरेको पुष्टि गरेकी हुन् ।

भारतले प्रस्ताव गरेको उक्त रकम ऋणमार्फत् प्रदान गरिने भारतीय समाचार संस्था एएनआईले जनाएको छ । राष्ट्रसंघमा भारतीय स्थायी प्रतिनिधि कम्बोजले १५ सय सिरियाली विद्यार्थीलाई भारतले छात्रवृत्ति प्रदान गर्दै आएको बताउँदै चालु शैक्षिक सत्रमा मात्रै २ सय जना सिरियाली विद्यार्थी भारतमा छात्रवृत्तिमा अध्ययन गरिरहेको समेत जानकारी दिइन् ।

उनले भारतले मानवीय, प्राविधिक एवम् विकासजन्य सहायताहरु समेत प्रदान गर्दै आइरहेको उल्लेख गरिन् । महामारीको समयमा पनि भारतले सिरियालाई औषधि एवम् खाद्यान्न सहयोग गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ६ : ५७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली