भारतले सिरियालाई २८ करोड डलर प्रदान गर्ने « Khabarhub

भारतले सिरियालाई २८ करोड डलर प्रदान गर्ने


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले द्वन्द्वग्रस्त मुलुक सिरियालाई उर्जा केन्द्र र स्टिल कारखाना निर्माणका लागि २८ करोड अमेरिकी डलर प्रदान गर्ने भएको छ । संयुक्त राष्ट्रसंघमा भारतीय स्थायी प्रतिनिधि रुचिरा कम्बोजले सिरियालाई उर्जा केन्द्र र स्टिल कारखाना निर्माणका लागि २८ करोड अमेरिकी डलरको प्रस्ताव गरेको पुष्टि गरेकी हुन् ।

भारतले प्रस्ताव गरेको उक्त रकम ऋणमार्फत् प्रदान गरिने भारतीय समाचार संस्था एएनआईले जनाएको छ । राष्ट्रसंघमा भारतीय स्थायी प्रतिनिधि कम्बोजले १५ सय सिरियाली विद्यार्थीलाई भारतले छात्रवृत्ति प्रदान गर्दै आएको बताउँदै चालु शैक्षिक सत्रमा मात्रै २ सय जना सिरियाली विद्यार्थी भारतमा छात्रवृत्तिमा अध्ययन गरिरहेको समेत जानकारी दिइन् ।

उनले भारतले मानवीय, प्राविधिक एवम् विकासजन्य सहायताहरु समेत प्रदान गर्दै आइरहेको उल्लेख गरिन् । महामारीको समयमा पनि भारतले सिरियालाई औषधि एवम् खाद्यान्न सहयोग गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ६ : ५७ बजे

परम्परागत खेती छाडेर सुन्तला बगान, घरमै पुग्छन् ठेकेदार

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा परम्परागत अन्नबालीको विकल्पमा सुन्तलाखेती किसानको मुख्य

कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ

कञ्चनपुर – कञ्चनपुर कारागारबाट फरार भएका दुई कैदीलाई प्रहरीले नौ

नेपालगन्ज भन्सारः दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन

बाँके – नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा

परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार दक्षिणी छिमेकी मुलुक भारतको

जेलेन्स्कीले पुटिनलाई पठाए खुला पत्र: ‘युद्ध रोक्न आमनेसामने वार्ता गरौँ’

किभ– युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक