गाउँपालिकाको केन्द्र नै विद्युत्विहीन « Khabarhub

गाउँपालिकाको केन्द्र नै विद्युत्विहीन


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दिपायल– सरकारले लोडसेडिङमुक्त देश भने पनि देशका केही स्थानमा अझै पनि बिजुलीको पहुँच पुग्न सकेको छैन । डोटीको बडिकेदार गाउँपालिकाको केन्द्रमा हालसम्म पनि विद्युत् पुग्न नसकेको हो । 

स्थानीय सरकार स्थापना भएको करिब छ वर्ष बितिसक्दा पनि गाउँपालिकाको केन्द्र खड्यौलीमा विद्युत् प्रसरण लाइन पुग्न सकेको छैन । गाउँपालिका-१ बिपीनगरस्थित कापडी गाडमा विद्युत्गृह निर्माण गरिए पनि अहिलेसम्म पालिकाका सबै वडामा विद्युत् विस्तार हुनसकेको छैन ।

कृषि क्षेत्रको उर्वरभूमि मानिएको बडिकेदारमा विद्युत् सेवा नहुँदा फलफूलसँगै तरकारीका भण्डारका लागि तयार शीतभण्डार उपयोग हुन नसकेको बडिकेदार गाउँपालिका-२ का स्थानीय व्यापारी खड्क मौनीले बताए।

नेपाल विद्युत् प्राधिकरणले पालिकामा राष्ट्रिय प्रसारणको विद्युत् सेवा विस्तारका लागि दुई वर्षअघि बोलपत्र आह्वान गरेको थियो । तार तान्ने र पोल हाल्न सुरु गरे पनि गाउँपालिकाको कुनै पनि वडामा विद्युत् लाइन नपुगेको बडिकेदार गाउँपालिका-५ का प्रकाश मल्लको भनाइ छ । 

बडिकेदार गाउँपालिकाको हाल वडा नं १ बिपिनगरमा रहेको विद्युत् सेवालाई थप प्रभावकारी बनाउँदै गाउँपालिकाको केन्द्रसँगै वडा नं १, २, ३, ४ र ५ वडामा विस्तार गरिने बडिकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले बताए । ‘आगामी पाचँ वर्षमा सबै वडामा बिजुली विस्तार हुन्छ’, उनले भने । 

विद्युत् प्राधिकरण दिपायल कार्यालयका प्रमुख राजेन्द्र लालदेवले बडिकेदार गाउँपालिकामा विद्युत् विस्तारका लागि ३१ करोड ४४ लाख ९४ हजार लागत लाग्ने विवरण पेस गरे पनि १२ करोड मात्रै विनियोजित गरेको बताए ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ७ : २५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन