गण्डकी प्रदेशस्तरीय भलिबल : उपाधिका लागि बागलुङ र स्याङ्जा भिड्ने « Khabarhub

गण्डकी प्रदेशस्तरीय भलिबल : उपाधिका लागि बागलुङ र स्याङ्जा भिड्ने


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

कास्की -पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि स्याङ्जा र बागलुङ भिड्ने भएका छन् ।

गण्डकी प्रदेश भलिबल सङ्घको आयोजनामा यही पुस ६ देखि पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा जारी प्रतियोगिताको आज सम्पन्न सेमिफाइनलमा खेलमा बागलुङले कास्की र स्याङ्जाले नवलपुरलाई हराउँदै फाइनलमा प्रवेश गरेका छन् ।

पहिलो सेमिफाइनल खेलमा बागलुङले ३–१ को सेटमा कास्कीलाई पराजित ग¥यो । कास्कीले पहिलो सेट २५/१६ ले जितेर आफ्नो पक्षमा पार्न सफल भए पनि लगातार तीन सेट गुमाउँदै बागलुङसँग पराजित भएको हो । बाग्लुङले दोस्रो सेट २५/२०, तेस्रो सेट २६/२५ र चौथो सेट २५/२० ले जित्दै फाइनलमा पुगेको हो ।

दोस्रो सेमिफाइनलको पहिलो सेटको खेल २५/२२ ले जितेको नवलपुरले दोश्रो र तेस्रो सेट २५/२० र २५/२० ले स्याङजालाई सुम्पियो । तर नवलपुर चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै २५/१७ ले आफ्नो पक्षमा पार्दै स्याङ्जालाई दवाबमा राख्ने प्रयास गरेको थियो । तर अन्तिम तथा निर्णायक सेटमा स्याङ्जाले १५/७ ले खेल जित्दै फाइनलमा बागलुङको भेट पक्का बनायो ।

प्रतियोगिताको तेस्रो स्थान र फाइनल खेल भोलि हुने सङ्घका महासचिव टहलसिंह थापामगरले जानकारी दिए ।

उपाधि विजेताले नगद रु दुई लाख, उपविजेताले नगद रु एक लाख, तेस्रो हुने टोलीले रु ५० हजार र चौथो हुने टोलीले रु २५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सर्वोत्कृष्ट हुने एक जना खेलाडीले नगद रु २० हजारका साथमा ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । उत्कृष्ट सेटर, उत्कृष्ट लिव्रो, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षकलाई जनही नगद रु १०/१० हजार प्रदान गरिनेछ ।

नेपाल भलिबल सङ्घ र कास्की जिल्ला भलिबल सङ्घको व्यवस्थापन, प्रदेश खेलकुद परिषद गण्डकीको समन्वयमा प्रतियोगिता सञ्चालन भएको । प्रतियोगिताबाट बचत रकमबाट महिला भलिबल खेलाडी उत्पादनका लागि एकेडेमी सञ्चालन गर्ने लक्ष्य राखिएको छ । प्रतियोगितामा मनाङ र मुस्ताङबाहेक गण्डकी प्रदेशका नौ जिल्लाको सहभागिता छ ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ८ : १० बजे

अदालतकै अगाडि आत्मदाह प्रयास, मिटरब्याज पीडित महिलालाई प्रहरीले बचायो

जनकपुरधाम- मधेश प्रदेशको राजधानी सहर जनकपुरधामस्थित धनुषा जिल्ला अदालतअगाडि बुधबार

सरकारी कार्यालयका निवेदनमा अब एकरूपता, डिजिटल सेवामा जोड

काठमाडौं– सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि प्रयोग

लुम्बिनीमा सरकार बनाउन ओली-प्रचण्ड दुई बुँदे सहमति, मोहनविक्रम पनि मिसिए

काठमाडौं- लुम्बिनी प्रदेशमा सरकार बनाउन नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीसँगै

चान–होम चक्रवात पूर्वी जापानमा अवतरण

एजेन्सी– पश्चिमतर्फ सर्दै गरेको चान–होम चक्रवात पूर्वी जापानी प्रान्त इबाराकीमा

सकारबारे सुरेश आलेको कटाक्ष : ‘एक्स्प्रेस गाडी’का चालकले गाँजा-भाङ खाएको भए दुर्घटनामा पर्न सक्छ

काठमाडौं- राष्ट्रिय सभाका सदस्य सुरेश आले मगरले वालेन्द्र शाह नेतृत्वको