गण्डकी प्रदेशस्तरीय भलिबल : उपाधिका लागि बागलुङ र स्याङ्जा भिड्ने | Khabarhub Khabarhub

गण्डकी प्रदेशस्तरीय भलिबल : उपाधिका लागि बागलुङ र स्याङ्जा भिड्ने


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

कास्की -पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि स्याङ्जा र बागलुङ भिड्ने भएका छन् ।

गण्डकी प्रदेश भलिबल सङ्घको आयोजनामा यही पुस ६ देखि पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा जारी प्रतियोगिताको आज सम्पन्न सेमिफाइनलमा खेलमा बागलुङले कास्की र स्याङ्जाले नवलपुरलाई हराउँदै फाइनलमा प्रवेश गरेका छन् ।

पहिलो सेमिफाइनल खेलमा बागलुङले ३–१ को सेटमा कास्कीलाई पराजित ग¥यो । कास्कीले पहिलो सेट २५/१६ ले जितेर आफ्नो पक्षमा पार्न सफल भए पनि लगातार तीन सेट गुमाउँदै बागलुङसँग पराजित भएको हो । बाग्लुङले दोस्रो सेट २५/२०, तेस्रो सेट २६/२५ र चौथो सेट २५/२० ले जित्दै फाइनलमा पुगेको हो ।

दोस्रो सेमिफाइनलको पहिलो सेटको खेल २५/२२ ले जितेको नवलपुरले दोश्रो र तेस्रो सेट २५/२० र २५/२० ले स्याङजालाई सुम्पियो । तर नवलपुर चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै २५/१७ ले आफ्नो पक्षमा पार्दै स्याङ्जालाई दवाबमा राख्ने प्रयास गरेको थियो । तर अन्तिम तथा निर्णायक सेटमा स्याङ्जाले १५/७ ले खेल जित्दै फाइनलमा बागलुङको भेट पक्का बनायो ।

प्रतियोगिताको तेस्रो स्थान र फाइनल खेल भोलि हुने सङ्घका महासचिव टहलसिंह थापामगरले जानकारी दिए ।

उपाधि विजेताले नगद रु दुई लाख, उपविजेताले नगद रु एक लाख, तेस्रो हुने टोलीले रु ५० हजार र चौथो हुने टोलीले रु २५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सर्वोत्कृष्ट हुने एक जना खेलाडीले नगद रु २० हजारका साथमा ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । उत्कृष्ट सेटर, उत्कृष्ट लिव्रो, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षकलाई जनही नगद रु १०/१० हजार प्रदान गरिनेछ ।

नेपाल भलिबल सङ्घ र कास्की जिल्ला भलिबल सङ्घको व्यवस्थापन, प्रदेश खेलकुद परिषद गण्डकीको समन्वयमा प्रतियोगिता सञ्चालन भएको । प्रतियोगिताबाट बचत रकमबाट महिला भलिबल खेलाडी उत्पादनका लागि एकेडेमी सञ्चालन गर्ने लक्ष्य राखिएको छ । प्रतियोगितामा मनाङ र मुस्ताङबाहेक गण्डकी प्रदेशका नौ जिल्लाको सहभागिता छ ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ८ : १० बजे

‘कोरा पाल्पा साइक्लिङ च्यालेञ्ज’ सुरु

पाल्पा– पाल्पालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने उद्देश्यले ५५

अक्करे !

काठमाडौं- शिर फूल शिरमाथप्पडी मार्दै लै लै अक्करे भीरमा …

राष्ट्रिय वाणिज्य बैङ्क सञ्चालक समितिको अध्यक्षमा ढकाल चयन

काठमाडौं– राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको सञ्चालक समितिले देवकुमार ढकाललाई अध्यक्ष

साफ यु–२० महिला च्याम्पियनसिप : नेपालले आज भुटानसँग खेल्ने

काठमाडौं– २० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आफ्नो पाँचौँ

काँक्रोखेतीमा रमाउँदै पौडेल दाजुभाइ

स्याङ्जा– स्याङ्जाका दुई दुई दाजुभाइले व्यावसायिक रूपमा काँक्रोखेती थालेका छन्