खोटाङमा आगलागीबाट ८४ लाख बराबरकाे क्षति | Khabarhub Khabarhub

खोटाङमा आगलागीबाट ८४ लाख बराबरकाे क्षति


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

खोटाङ – दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित झिसेपुमा आज आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । स्थानीय मैया श्रेष्ठको घरमा जडान गरिएको विद्युत् सर्ट भएर सुरु भएको आगलागीबाट मैया श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ र कर्णकुमार श्रेष्ठको घर जलेर नष्ट भएको हो ।

दिउँसोको समयमा भएको आगलागी स्थानीय बासिन्दा, प्रहरी र नेपाली सेनाको संयुक्त टोली नियन्त्रणमा लिएका थिए । आगलागीमा नगद, सुनचाँदी, लत्ताकपडा, भाँडाकुँडा, अन्नपातलगायत सम्पूर्ण बन्दोबस्तीका सामग्री जलेर नष्ट हुँदा रु ८४ लाख ५६ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारूङले जानकारी दिए ।

उन अनुसार मैयाको तीनतले घर, नगद रु एक लाख, चाँदी २० तोला, मोबाइल, टिभीलगायत घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा रु २७ लाख ४५ हजार बराबरको क्षति भएको छ ।

यस्तै कृष्णकुमारको तीनतले घर, नगद रु एक लाख ५० हजार, दुई तोला सुन, एक थान मोबाइललगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा रु २८ लाख ८३ हजार बराबरको क्षति भएको छ । कर्णकुमारको तीनतले घर तथा घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा रु २८ लाख २८ हजार बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।

आगलागीमा घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएका पीडित परिवार आफन्तकामा आश्रय लिएर बसिरहेको वडाध्यक्ष महेन्द्र राईले जानकारी दिए।

यसअघि यही पुस ४ मा केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका थिए । स्थानीय दीपक गुरुङको घरबाट सुरु भएको आगोले पाँचवटा घर तथा दर्जन बढी पसल जलेर नष्ट हुँदा रु चार करोड ९९ लाख ३३ हजार बराबरको क्षति भएको थियो ।

उक्त आगलागीबाट दीपक गुरुङ, रमेश परियार, शुभराज राई र डिल्लीकुमार श्रेष्ठको घर पूर्णरूपमा जलेर नष्ट भएको थियो । आगलागी नियन्त्रणमा लिने क्रममा स्थानीय अकबर राईको घर भत्काइएको थियो । बाक्सिला बजारका आगलागी पीडितका लागि अहिले राहत सङ्कलन गर्ने काम भइरहेको छ ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  १० : ०७ बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा