खोटाङमा आगलागीबाट ८४ लाख बराबरकाे क्षति « Khabarhub

खोटाङमा आगलागीबाट ८४ लाख बराबरकाे क्षति


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

खोटाङ – दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित झिसेपुमा आज आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । स्थानीय मैया श्रेष्ठको घरमा जडान गरिएको विद्युत् सर्ट भएर सुरु भएको आगलागीबाट मैया श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ र कर्णकुमार श्रेष्ठको घर जलेर नष्ट भएको हो ।

दिउँसोको समयमा भएको आगलागी स्थानीय बासिन्दा, प्रहरी र नेपाली सेनाको संयुक्त टोली नियन्त्रणमा लिएका थिए । आगलागीमा नगद, सुनचाँदी, लत्ताकपडा, भाँडाकुँडा, अन्नपातलगायत सम्पूर्ण बन्दोबस्तीका सामग्री जलेर नष्ट हुँदा रु ८४ लाख ५६ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारूङले जानकारी दिए ।

उन अनुसार मैयाको तीनतले घर, नगद रु एक लाख, चाँदी २० तोला, मोबाइल, टिभीलगायत घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा रु २७ लाख ४५ हजार बराबरको क्षति भएको छ ।

यस्तै कृष्णकुमारको तीनतले घर, नगद रु एक लाख ५० हजार, दुई तोला सुन, एक थान मोबाइललगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा रु २८ लाख ८३ हजार बराबरको क्षति भएको छ । कर्णकुमारको तीनतले घर तथा घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा रु २८ लाख २८ हजार बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।

आगलागीमा घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएका पीडित परिवार आफन्तकामा आश्रय लिएर बसिरहेको वडाध्यक्ष महेन्द्र राईले जानकारी दिए।

यसअघि यही पुस ४ मा केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका थिए । स्थानीय दीपक गुरुङको घरबाट सुरु भएको आगोले पाँचवटा घर तथा दर्जन बढी पसल जलेर नष्ट हुँदा रु चार करोड ९९ लाख ३३ हजार बराबरको क्षति भएको थियो ।

उक्त आगलागीबाट दीपक गुरुङ, रमेश परियार, शुभराज राई र डिल्लीकुमार श्रेष्ठको घर पूर्णरूपमा जलेर नष्ट भएको थियो । आगलागी नियन्त्रणमा लिने क्रममा स्थानीय अकबर राईको घर भत्काइएको थियो । बाक्सिला बजारका आगलागी पीडितका लागि अहिले राहत सङ्कलन गर्ने काम भइरहेको छ ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  १० : ०७ बजे

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा