बेहुला चढ्न बनाइएको रथले किचेर दुई जनाको मृत्यु, १६ घाइते « Khabarhub

बेहुला चढ्न बनाइएको रथले किचेर दुई जनाको मृत्यु, १६ घाइते


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बारामा बेहुला चढ्नका लागि प्रयोग गरिएको रथले किचेर दुई जनाको मृत्यु भएको छ । बाराको आदर्शकोतवाल गाउँपालिका–३ मा सोमबार राति रथले किचेर अन्य १६ जना घाइते भएका छन् ।

प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार मृत्यु हुनेमा सिम्रौनागढ नगरपालिका– ७ की २३ वर्षीया शैलकुमारी राम र आदर्शकोतवाल–७ की १६ वर्षीया निलम कुमारी राम रहेका छन् ।

दुवैजनाको कलैया अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । थापाका अनुसार बेहुला लिएर नस्किन लागेको रथ अनियन्त्रित भएर दुर्घटना भएको हो । घाइतेको स्थानीय अस्पतालमा उपचार भइराखेको छ ।

प्रहरी नायब उपरीक्षक थापाका आदर्शकोतवालका सियाराम महराको घरबाट बेहुला निकाल्ने तयारी हुँदै गर्दा रथ दुर्घटना भएको हो । बेहुला भने रथमा चढ्न बाँकी नै थियो ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ५ : ११ बजे

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा

पूर्वाधारमा थप आक्रमण भएमा इरान संयम रहनु आवश्यक नरहने विदेशमन्त्री अराघचीको भनाइ

तेहरान – इरानका विदेशमन्त्री सयैद अब्बास अराघचीले इरानका पूर्वाधारमा पुनः

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकामा आयोगलाई राष्ट्रपतिले दिए धन्यवाद

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं – नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८