उडेको विमानको पाङ्ग्रामा लुकेका व्यक्तिको जीवितै उद्धार « Khabarhub

उडेको विमानको पाङ्ग्रामा लुकेका व्यक्तिको जीवितै उद्धार


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण अफ्रिकाबाट उडेको एउटा विमानको पाङ्ग्रामा लुकेका व्यक्तिको जीवितै उद्धार भएको छ । एउटा मालवाहक विमानको पाङ्ग्रा भएको भएको सानो भागमा लुकेर बसेका व्यक्तिलाई डच प्रहरीले एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलमा उद्धार गरेको बीबीसीले उल्लेख गरेको छ ।

दक्षिण अफ्रिकाको जोह्यानिस्बर्गबाट एम्स्टर्ड्यामको उडानका लागि ११ घण्टा लाग्छ। कार्गो विमान केन्याको राजधानी नाइरोबी हुँदै एम्स्टर्ड्याम पुगेको थियो ।

११ घण्टा बढी समयको उडानमा रहेको विमानको बाहिरी भागमा लुकेका व्यक्ति जीवित भेटिनुलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमले असामान्य भनेका छन् ।

निक्कै माथि पुगेपछि अक्सिजनको मात्रा र तापक्रम घट्ने हुँदा लामो उडानमा रहेको विमानको बाहिरी भागमा मानिस जीवित हुने सम्भावना कम हुन्छ ।

प्रहरीले ती व्यक्तिको उमेर र उनी कुन देशका नागरिक हुन् भन्ने पत्ता लागि नसकेको बताएको बीबीसीले लेखेको छ । ती व्यक्ति जीवित हुनुलाई भने प्रहरीले अद्भूत विषय भनेको छ ।

विमान ल्याण्ड भएपछि विमानस्थलमा फेलाका ती व्यक्तिको शरीरको तापक्रम बढाइएको थियो। त्यसपछि उनलाई अस्पताल पठाइएको छ ।

कार्गो विमान कम्पनी कार्गोलक्सकी एक प्रवक्ताले समाचार संस्था रोएटर्सलाई इमेलमार्फत् कार्गोलक्स इटालियाले सञ्चालन गरेको विमानमा ती व्यक्ति लुकेर आएको पुष्टि गरेकी छन्।

आइतबार जोह्यानिस्बर्गबाट स्किपोल उडेको कार्गोलक्सको मालवाहक विमान नाइरोबीमा रोकिएकाले ती व्यक्ति कहाँबाट पाङ्ग्रामा बसे भन्ने पुष्टि भइसको छैन ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ६ : ५२ बजे

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ