गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग गरी ड्रेन निर्माण « Khabarhub

गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग गरी ड्रेन निर्माण


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँँडीमा गुणस्तरहीन सामग्रीको प्रयोग गरी ड्रेन निर्माण गरिएको पाइएको छ ।

बन्साहा, कलुवापुर, दोमिल्ला जोड्ने सडकखण्डअन्तर्गतको बेलडाँडीमा सडक किनारामा निर्माण भइरहेको ड्रेनमा कमसल खाले बालुवा, इँटा र सिमेन्टको मात्रा तोकिएको मापदण्डअनुरुप राखेको नपाइएपछि वडाध्यक्ष बहादुर महराले सम्बन्धित सरोकारवालाको रोहवरमा ड्रेन भत्काएका छन् ।

सन्तोष थेगिम जेभी नामक निर्माण कम्पनीले ठेक्का प्रक्रियामार्फत् ड्रेनसहितको सडक निर्माण गरिरहेको छ । “पटक–पटक गुणस्तरीय निर्माण सामग्रीको प्रयोग गरी तोकिएको समयमा निर्माण सम्पन्न गर्न आग्रह गर्दा निर्माण कम्पनीले जिम्मेवारीपूर्वक काम अगाडि बढाएन”, वडाध्यक्ष महराले भने, “विभिन्न बहानाबाजी गर्दै अटेरी गर्दै आएको छ । निर्माणमा ढिलासुस्तीसँगै कमसल निर्माण सामग्री प्रयोग गर्न थालेपछि बाध्य भएर ड्रेन भत्काएका छौँ ।”

“निर्माण समयमै सञ्चालन गरी तोकिएका मापदण्ड समयसीमा र गुणस्तरयुक्त कार्य गर्ने निर्माण व्यवसायीको सम्मान गर्दछौँ । निर्माण व्यवसायीको प्रतिष्ठा र निर्माण व्यवसायको बदनामी हुने कार्यमा संलग्न निर्माण व्यवसायीलाई प्रचलित कानुनअनुसार कारवाहीका लागि समेत माग गरेका छौँ”, उनले भने ।

निर्माण कम्पनीका प्रतिनिधि नारायण कँडेलले भने ड्रेनलगायत निर्माणमा गुणस्तरीय निर्माण सामग्रीको प्रयोग भइरहेको दाबी गरेका छन् । “सडक निर्माणमा गुणस्तरहीन सामग्रीको प्रयोग गरेको पाइए निर्माण व्यवसायीलाई कारवाही हुन्छ”, भौतिक पूर्वाधार कार्यालय कञ्चनपुरका सूचना अधिकारी हेमराज भट्टले भने, “अनुगमन गर्छौँ, ठेक्का सम्झौताबमोजिमको काम गरेको हुनुपर्छ । त्यसविपरीत गरिएको छ भने कारवाही हुन्छ ।”

आव २०७७÷०७८ मा बन्साहा, कलुवापुर, दोमिल्ला जोड्ने सडकका लागि सुदूरपश्चिम सरकारको भौतिक पूर्वाधार कार्यालय महेन्द्रनगरले रु.११ करोड ६३ लाखमा ११ किलोमिटर सडक निर्माणका लागि ठेक्का सम्झौता गरेको छ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ११ : ४५ बजे

खानेपानीको मूल सुक्दै गएपछि पुनर्जीवित कार्यक्रमको सुरुवात

काभ्रेपलाञ्चोक– पछिल्ला केही वर्षदेखि काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहमा खानेपानीको मुहान

राष्ट्रपति पौडेलले भने : विपत्तिमा परेका नागरिकलाई राज्यको साथ र भरोसा चाहिएको छ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १० गते रसुवाको भोटेकोशी

जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगगत अवलोकनपछि

सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

सुनसरी– सुनसरीको कोशी गाउँपालिका-६ लाही टोलका एक युवकको आज बिहान

रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौं–  रसुवाको भोटेकोशी बाढीमा परी घाइते भएकामध्ये एक भारतीय नागरिकसहित