‘हार्टअट्याक’बाट जोगिन यी आदत अपनाऔँ « Khabarhub

‘हार्टअट्याक’बाट जोगिन यी आदत अपनाऔँ


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार, अमेरिकामा प्रत्येक चारमध्ये एक मृत्युको कारण हार्टअट्याक हुने गरेको छ । यसको विश्व आँकडाले मुटुसँग जोडिएका रोगलाई नियन्त्रण गर्न सकिने पनि प्रमाणित गरेको छ ।

नेपालमा पनि पछिल्लो समय हार्टअट्याकका विरामीको संख्या बढ्दै गएको देखिन्छ । सूर्ती सेवन तथा अस्वस्थ खानपान नगर्ने र रक्सी सेवनलाई कम गर्दै जीवनशैलीमा ध्यान दिन सकेमा हृदयरोग नलाग्ने विज्ञ चिकित्सक (कार्डियोलोजिस्ट)हरु बताउँछन् ।

हामीमध्ये अधिकांशलाई हृदयरोग कति घातक हुन्छ भन्ने थाहा छ । तर पनि यसको मूल कारणलाई हामी नजरअन्दाज गरिरहेका हुन्छौं । जब हामी यसको उपचार गर्नतिर लाग्छौं, तब निकै ढिला भइसकेको हुन्छ । मानिस अमर प्राणी त होइन, तर पनि हृदयरोग लाग्न नदिन गाह्रो भने छैन ।

कार्डियोलोजिस्टहरुका अनुसार, हृदयरोगबाट बच्न स्वस्थ आहार, नियमित व्यायाम, स्तरीय निद्रा र समय समयमा विशेषज्ञ चिकित्सकलाई स्वास्थ्य जाँच गराउन सक्दा रोग नियन्त्रण गर्न सकिन्छ । विज्ञ चिकित्सकहरु हृदयरोगबाट बच्न यी ६ उपाय सुझाउँछन् :

दैनिक ४० मिनेट व्यायाम

हरेक मानिसले दैनिक ४० मिनेट व्यायाम गर्नु स्वास्थ्यका लागि उत्तम हुन्छ । चिकित्सकहरुका अनुसार, व्यायामले सातामा पाँच पटक तपाईंको कार्डियोभास्कुलर जोखिमलाई ३० प्रतिशत कम गर्न मद्दत गर्छ । तौल कम गर्न, ब्लडसुगर, ब्लडप्रेसर तथा कोलेस्टोरलको स्तर सुधार गर्न पनि व्यायाम अनिवार्य छ । व्यायामले त मानिसको यौनजीवनसमेत सुधार्ने चिकित्सकहरु बताउँछन् ।

आफूलाई खुसी राख्नुस्

हृदयरोग कम गर्ने प्रमुख उपायमध्ये एक आफूलाई खुसी राख्नु हो । तनावमा बस्नु हृदय रोग मात्र होइन अन्य रोग पनि बढाउनु हो । हामीले सकेसम्म हाँस्ने प्रयत्न गर्नुपर्छ । हाँस्दा शरीरबाट एन्डोर्फोन हार्मोन बाहिरिन्छ, जसले ब्लडप्रेसर कम गर्न र ब्लड सर्कुलेसनमा सुधार ल्याउन मद्दत गर्छ । संसारका कतिपय ठाउँमा अहिले ‘लाफिङ क्लास’ सन्चालन गर्ने संस्था स्थापित छन् । त्यस्ता ठाउँमा गएर साथीहरुसँग हाँस्ने र आफूभित्रका तनावहरु कम गर्ने कार्य गर्न सकिन्छ । पछिल्लो समय ‘स्ट्रेस म्यानेजमेन्ट’का कक्षासमेत सन्चालन हुन थालेका छन् ।

स्तरीय निद्रा सुत्नुस्

शरीरलाई आवश्यक आरामले कतिपय रोग कम गर्ने चिकित्सकहरु बताउँछन् । राम्रो र स्तरीय निद्राले शरीरलाई आराम दिन्छ । यस्तो निद्राले मानसिक र हृदयरोग नियन्त्रणमा मद्दत गर्छ । चिकित्सकहरुका अनुसार, हामीले दैनिक सातदेखि आठ घण्टा सुत्नु आवश्यक छ ।

धुम्रपान र रक्सीबाट बच्नुस्

डब्ल्यूएचओका अनुसार, हृदयरोगको अधिकांश मामिला धुम्रपान र रक्सीका कारण वृद्धि भइरहेको छ । डब्ल्यूएचओको आँकडाले धुम्रपान र रक्सी नपिउनेको तुलनामा पिउनेमा अचानक हार्टअट्याकबाट हुने मृत्युको जोखिम आधा बढ्ने देखाएको छ ।

त्यतिमात्र होइन, यो खराब आदतले हाई ब्लडप्रेसर, स्ट्रोक र हार्ट फेलियरजस्ता रोगको जोखिम बढाइदिन्छ । रक्सीमा मोडरेसन कार्डियो प्रोटेक्टिभ तत्व हुन्छ, तर यसको अधिक प्रयोग मुटुका लागि हानिकारक हुन्छ ।

मोडरेसनमा खानुस्

हामीले हरेक पटक खानेकुरा खाँदा तेलको मात्रा कम गर्न सक्नुपर्छ । वयस्क उमेरका मानिसले हरेक महिना आधा लिटर आलस, जैतुनलगायत ‘सेचुरेटेड’ तेलको प्रयोग गर्नु उत्तम हुन्छ । साग, बदाम, प्रोटिनको सेवन गर्न पनि राम्रो हुन्छ ।

नियमित स्वास्थ्य परीक्षण

फुल ब्लड काउन्ट, कोलेस्टोरल लेभल, किड्नी, लिभर तथा थाइरोइडका साथै ब्लडसुगर लेभल र इसीजी परीक्षण नियमित गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । स्वास्थ्यमा देखिने लक्षण तथा अवस्थाका अनुसार हृदयरोग विशेषज्ञसँग नियमित जाँच गराउनु पनि उत्तिकै आवश्यक छ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  २ : ५४ बजे

ट्रम्पमाथि उनकै दलका सांसदको निशाना : सम्झौता नै गर्नु थियो भने युद्ध किन गरेको ?

वाशिङ्टन- अमेरिकामा इरानसँग सम्भावित सम्झौतालाई लिएर राजनीतिक बहस चर्किएको छ।

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा– पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले एक लाख

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’को वर्चस्व

काठमाडौं– तेस्रो संस्करणको कर्णाली चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’ले वर्चश्व

भारतमा तापलहर (लु) बाट १६ जनाको मृत्यु

नयाँदिल्ली– दक्षिणी भारतमा यस गर्मी मौसममा ताप लहर (लु) का

तीव्र गतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना

काठमाडौं– वैशाख महिनामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये आधाभन्दा