पर्वतबाट सुरु भयो ‘ह्यारीकि प्यारी’ « Khabarhub

पर्वतबाट सुरु भयो ‘ह्यारीकि प्यारी’


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्माता, गायक तथा गीतकार डा. भोला रिजाल दुई दशकपछि फिल्म निर्माणमा फर्किएका छन् । उनको लगानी रहेको रोमान्टिक कमेडी जनराको फिल्म ‘ह्यारीकि प्यारी’को पर्वतको भुक देउरालीबाट छायांकन सुरु भएको छ । फिल्ममा डा. भोलाका दन्त चिकित्सक छोरा डा. कपिल रिजालको निर्देशन छ ।

लण्डनमै बसेर अंग्रेजी भाषाका सर्ट फिल्महरु ‘गिल्ट’, ‘साइलेन्स’ र ‘कर्मा’ बनाएका डा. कपिलको यो डेब्यू निर्देशन फिल्म हो । निर्देशक डा. रिजालका अनुसार पर्वतका विभिन्न स्थानमा दुई सातासम्म फिल्मको सुटिङ हुनेछ भने बाँकी सुटिङ काठमाडौंमा गरिनेछ । ‘पर्वत जानुअघि सबै कलाकार तथा प्राविधिकको पिसिआर परिक्षण गरिएको छ र खोप लगाएका कलाकार र प्राविधिकलाई मात्र युनिटमा सहभागी गराइएको छ’, उनले भने । उनले पर्वत पुगेर पनि र्‍यापिड टेष्ट गरी स्वास्थ्य मापदण्ड अपनाएर सुटिङ अघि बढाइएको जानकारी दिए ।

सुटिङ शुरु गर्नुअघि कलाकारद्वय जितु नेपाल र विजय बरालले मुहुर्त सट दिएका थिए । फिल्ममा जितु ह्यारी र साम्राज्ञी राज्य लक्ष्मी शाह उनको प्यारीका रुपमा देखिनेछन् । जितु र साम्राज्ञीका साथमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारले अभिनय गर्दैछन् ।

फिल्म डा. भोला रिजालको बिआर प्रडक्सनको व्यानरमा निर्माण भईरहको छ भने प्रस्तुति डा. कपिल रिजालको रहनेछ । फिल्ममा कथा डा. कपिल रिजाल, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डा. कपिल रिजाल र अभिमन्यू निरवी, गीत डा. भोला रिजाल, संगीत शिखर सन्तोष र युग भुषाल, गायन सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशी, कोरियाग्राफी कविराज गहतराज, छायांकन निर्देशन सुदीप बराल र सम्पादन अर्जुन जिसीको रहनेछ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ३ : ५३ बजे

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी

३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम

थारु संस्कृति, परम्परा र सभ्यता संरक्षण गर्नु पर्छ : प्रदेश प्रमुख मियाँ

धनगढी- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु संस्कृति,परम्परा र सभ्यता