सेयर बजारमा ७६ अंकको उतारचढाव | Khabarhub Khabarhub

सेयर बजारमा ७६ अंकको उतारचढाव


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तीव्र उतारचढावकाबीच मंगलबारको सेयर बजार सूचक ५.९२ अंकले घटेर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८१४.७४ मा रोकिएको छ । सोमबार १०० अंकले घटेर २८२० रोकिएको सूचक मंगलबार कारोबार खुल्दा २८२७ मा पुगेको थियो ।

तर, नियमित कारोबार सुरु हुनासाथ बजार एकैपटक घटेर १५ मिनेटभित्र मंगलबारको न्यून बिन्दू २७८१ मा झर्यो । त्यसपछि बढ्ने र घट्ने तीव्र गति समाएको सूचकले मध्यान्तर (१ बजे) मंगलबारकै उच्च २८५७ अंकसम्म पुग्यो । त्यसपछि निरन्तर घट्दो ट्रेन समाएको बजारले बढ्ने कोसिस गरे पनि अन्तिम समयमा घटेरै बन्द भयो ।

मंगलबार बजार खुलेदेखि बन्द हुँदासम्म दिनभर ७६ अंकको उतारचढाव देखिएको छ । यसले बुधबार पनि बजारमा थप करेक्सन आउने संकेत गरेको छ । निरन्तर बढेको बजार आइतबारबाट ओरालो यात्रामा लागेको छ ।

आइतबार ११ अंकले घटेको बजार सोमबार १०० अंकले घट्यो भने मंगलबार सामान्य गिरावट देखियो । बुधबार बजारले सकारात्मक दिशा नपक्रिए नेप्से सूचकले केही दिनमा न्यून बिन्दूतिर पच्छाउने सम्भावना छ ।

लगानीकर्ताहरुमा देखिएको अस्थिरभाव छिटो कमाउने रणनीति वित्तीय बजारमा तरलता अभावको हौवा, स्थानीय चुनाव पर सार्ने आशयका समाचार, सूचीकृत कम्पनीहरुका अपेक्षाकृत वित्तीय विवरण नआएको जस्ता कारणले बजार घट्नलाई सहयोग पुर्याएको छ ।

चालू वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समय नजिकिँदै जाँदा सेयरसम्बन्धी प्रावधानलाई खुकुलो बनाउन केही लगानीकर्ताहरु बजार घटाउन लागीपरेका पनि आशंका गरिएको छ ।

मंगलबार कारोबार रकममा पनि तीव्र गिरावट आएको छ । सोमबार ८ अर्ब ८४ करोड रुपैयाँको सेयर किनबेच भएकोमा मंगलबार ५ अर्ब ३९ करोड रुपैयाँमै खुम्चिएको छ । घट्दो बजारमा सोमबार तीव्र कारोबार वृद्धि भए पनि मंगलबार कारोबार रकम सम्हालिएको छ । यसले पनि लगानीकर्ताहरु अझै खरिदका लागि मौका आउने अपेक्षामा छन् ।

मंगलबार बजार सूचक घटाउन ऋणपत्र र म्युचुअल फण्डबाहेक १०२ कम्पनीले सहयोग गरेका छन् । यद्यपि सबैभन्दा बढी गोर्खाज फाइनान्सको ४.५८ प्रतिशत मूल्य घटेको छ । उता तीव्र उतारचढाव भएको बजारमा ६९ कम्पनी मूल्य बढाउने प्रयास जारी राखेका छन् ।

त्यसमध्ये सबैभन्दा बढी विइहान नेपाल लघुवित्तको १० प्रतिशत मूल्य बढेर सकारात्मक सर्किट लागेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावरको पनि करिब १० प्रतिशतले नै मूल्य बढेको छ ।

यता मंगलबार कारोबार रकममा जलविद्युत कम्पनी र बिमा कम्पनीहरुमा उछाल आएको छ । सबैभन्दा बढी एसियन लाइफ इन्स्योरेन्सको २६ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर किनबेच हुँदा अपी पावर कम्पनीको २२ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ४ : ३७ बजे

जेन-जी आन्दोलनले थप्यो दशैँमा चाप, आफ्नै फिल्म जुध्दा प्रकाश सपुतलाई दबाब

काठमाडौँ– लामो सार्वजनिक बिदालाई फिल्म रिलिजका लागि प्राइम डेट मानिन्छ

नारायणगढ–मुग्लिन सडक अवरुद्ध, तुइन खोलामा पहिरो

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ ।

‘जेन–जी’ आन्दोलन : अधुरै रह्यो बाबुआमालाई झापा लैजाने कमलको सपना

पाँचथर– वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा तीन वर्ष बिताएर गत

वैशाखदेखिको विपदका घटनामा २४३ जनाको मृत्यु

काठमाडौं– गत वैशाखदेखि हालसम्म देशभर तीन हजार ६८१ विपदका घटना

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल