‘जी ले जरा’बाट किन अलग्गिइन् प्रियंका ? « Khabarhub

‘जी ले जरा’बाट किन अलग्गिइन् प्रियंका ?


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउडदेखि हलिउडसम्म यात्रा गरिसकेकी अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनास सरोगेसीका माध्यमबाट आमाबाबु बनिसकेका छन् । प्रियंका र निकका फ्यानहरु सामाजिक सञ्जालमार्फत उनीहरुलाई बधाई दिइरहेका छन् । धेरैले प्रियंका आमा बनेपछि उनको करियरमा केही असर पर्छ भन्ने अनुमान लगाएका थिए ।

यो अनुमान केही हदसम्म सही साबित भएको छ । प्रियंकाले निर्माता फरहान अख्तर र रितेश सिधवानीलाई उनीहरुको फिल्म ‘जी ले जरा’मा आफ्नो सट्टा अरु कोही अभिनेत्रीलाई अनुबन्धित गर्न आग्रह गरेकी छन् । करिब सय करोडभन्दा बढी बजेटको यो फिल्मबाट प्रियंका अलग्गिने निर्णय लिइसकेकी छन् ।

यो फिल्मका लागि निर्माण पक्षले कटरिना कैफ र आलिया भट्टसँगै प्रियंकालाई पनि अनुबन्धित गरेका थिए । फिल्म सडक यात्राको कथामा आधारित छ । प्रियंकाले आमा बनेपछि सम्पूर्ण समय र शक्ति बच्चाका लागि छुट्याउने निर्णय लिएकी छन् ।

सन्तानका कारण प्रियंकाले फिल्मबाट हात झिकेपछि अहिले निर्माताहरु को अभिनेत्री लिने भन्ने तनावमा छन् । प्रियंका पछिल्लोपटक फरहानकै फिल्म ‘द स्काई इज पिंक’मा देखिएकी थिइन् ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ४ : ३३ बजे

बाढीमा आफन्त हराएकाहरू भन्छन्- गृहमन्त्रीज्यू, अक्सिजन बोक्ने हामी छौँ, तपाईं स्टन्ट रोकेर काम गर्नुस्

काठमाडौं– त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य प्रभावकारी रुपमा

खानेपानीको मूल सुक्दै गएपछि पुनर्जीवित कार्यक्रमको सुरुवात

काभ्रेपलाञ्चोक– पछिल्ला केही वर्षदेखि काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहमा खानेपानीको मुहान

राष्ट्रपति पौडेलले भने : विपत्तिमा परेका नागरिकलाई राज्यको साथ र भरोसा चाहिएको छ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १० गते रसुवाको भोटेकोशी

जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगगत अवलोकनपछि

सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

सुनसरी– सुनसरीको कोशी गाउँपालिका-६ लाही टोलका एक युवकको आज बिहान