राजदूत ढकालले कम्बोडियाका राजासमक्ष ओहदाको प्रमाणपत्र बुझाए « Khabarhub

राजदूत ढकालले कम्बोडियाका राजासमक्ष ओहदाको प्रमाणपत्र बुझाए


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कम्बोडियाका लागि गैह्रआवासीय नेपाली राजदूत गणेश प्रसाद ढकालले कम्बोडियाका राजा नोरोदम सिहामोनीसमक्ष मंगलबार ओहदाको प्रमाणपत्र पेश गरेका छन्।

नोम पेनस्थित रोयल प्यालेसमा आयोजित एक समारोहमा राजदूत ढकालले ओहदाको प्रमाणपत्र बुझाएका हुन्। ढकाल थाइल्याण्डका लागि आवासीय राजदूत हुन्। उनको कार्यक्षेत्रभित्र कम्बोडिया पनि पर्छ।

प्रमाणपत्र बुझाएपछि राजदूत ढकालले राजा सिहमोनीसँग संक्षिप्त कुराकानी गरे। त्यस अवसरमा राजदूत ढकालले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाली जनताका तर्फबाट कम्बोडियाका राजा र त्यहाँका राजाको सु—स्वास्थ्य, निरन्तर प्रगति र समृद्धिको कामना गर्दै पठाएको सन्देश सुनाए।

नेपाल र कम्बोडियाबीच उत्कृष्ट द्विपक्षीय सम्बन्ध रहँदै आएको र उच्चस्तरीय भ्रमणले संबन्ध थप सुदृढ बनेको ढकालले बताए।

राजदूत ढकालले गौतम बुद्धले फैलाएका ज्ञान र बौद्ध दर्शनले नेपाल र कम्बोडियाका जनतालाई एक आपसमा बाँधेको बताए।

कम्बोडियाका राजा सिहामोनीले नेपालका राष्ट्रपति र प्रधानमन्त्री तथा जनताको सु—स्वास्थ्य, खुशी र समृद्धिको कामना ब्यक्त गरे। उनले नेपालसँगको मैत्रीपूर्ण, हार्दिक र सहकार्यात्मक सम्बन्ध आगामी दिनमा अझै सुदृढ भएर जाने विश्वास ब्यक्त गरे।

कम्बोडियाको राजदरबारमा आयोजित समारोहमा कम्बोडिया सरकारका उच्च अधिकारी पनि उपस्थित थिए।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  १० : २५ बजे

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले