मेरीलिनमाथि इवानले लगाइन् बलात्कारको आरोप « Khabarhub

मेरीलिनमाथि इवानले लगाइन् बलात्कारको आरोप


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(अमर उजाला)– अमेरिकी अभिनेत्री र संगीतकार इवान रेचल वुडले आफूलाई अमेरिकी अभिनेता तथा गायक मेरीलिन मेनसनले बलात्कार गरेको आरोप लगाएकी छन् । अभिनेत्रीले मेरीलिनमाथि सन् २००७ मा खिचिएको म्यूजिक भिडियो ‘हार्ट–शेप्ड ग्लासेस’ को सेटमा बलात्कार गरेको आरोप लगाएकी हुन् ।

इवानले आफ्नो जीवनीमा आधारित एक वृत्तचित्र ‘फीनिक्स काइजिङ’ यो कुराको दाबी गरेकी छन् । यसको प्रिमियर सन् २०२२ को ‘सनडान्स फिल्म फेस्टिभल’मा गरिएको थियो । वृत्तचित्रमा ३४ वर्षीया अभिनेत्रीले ‘सिम्युलेटेड सेक्स दृश्य’को समयमा आफ्नो सहमति बिना नै गलत ढंगले छोएको बताएकी छन् ।

अभिनेत्रीका अनुसार उनलाई यो भिडियो सुट गर्नुअघि एबसिन्थ नामक केही खानेकुरा खुवाइएको थियो । जसकारण उनी बेहोस भएकी थिइन् । ‘म यति पनि होसमा थिइनँ कि ५३ वर्षे अभिनेताले ममाथि हरकतको विरोध गर्न सकुँ । त्यसपछि म कहिल्यै पनि यस्तो गैर पेशावार सेटमा गइनँ’, उनले भनेकी छन् ।

उनले आफूलाई गलत बहानामा एक व्यावसायिक सेक्सका लागि बाध्य बनाइएको दाबी गरिन् । त्यो समय आफूविरुद्ध अपराध गरेर क्यामरामा अनिवार्य रुपले आफूमाथि बलात्कार गरिएको बताएकी छन् ।

इवान र मेरीलिनको सम्बन्ध सन् २००७ मा बाहिर आएको थियो । त्यो समयमा मेरीलिन ३८ वर्षका र वुड केवल १९ वर्षकी मात्र थिइन् । उनीहरु सन् २०१० मा अलग्गिएका थिए ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ८ : ५५ बजे

राहत वितरणमा पीडितको गोपनीयता कायम गर्न आग्रह

काठमाडौं– समाज कल्याण परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत

इन्द्रजात्राको तयारी : मजिपा लाखे आजु र झ्यालिन्चाको मुखौटा निकालियो (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्राको तयारीस्वरूप एकादशीको अवसरमा सोमबार श्री मजिपा लाखे आजु र

होर्मुज जलडमरूमध्य नजिक नयाँ निषेधित क्षेत्र घोषणा गर्ने इरानको तयारी

काठमाडौं- इरानले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्न खोज्ने पानीजहाजलाई लक्षित

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

जनकपुरधाम– धनुषामा प्रहरीले १९७ ग्राम लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई

विपद् प्राधिकरणले भन्यो- रसुवा बाढीका भ्रामक सूचनाबाट सचेत रहनू

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीपछि